५० दिने महाअभियान सफलतापुर्वक समापन भएको कांग्रेस गुल्मीको दाबी
गुल्मी २१ जेठ २०७५
नेपाली कांग्रेस गुल्मीले यहि बैशाख १ गतेदेखि शुरु गरेको ५० दिने महाअभियान सफलतापूर्वक समापन गरिएको जनाएको छ । आज जिल्लास्थित पार्टी कार्यालय विपि स्मृति भवन तम्घासमा पत्रकार सम्मेलन् गदै ‘नेपाली कंग्रेस गुल्मीको आव्हान् गाउँजाउँ गाउँमै रमाउँ ५० दिने महाअभियान’भन्ने नारा तय गरी शुरु गरिएको अभियानले कांग्रेसलाई मजबुट बनाउनमा निकै टेवा पुगेको जानकारी गराईएको थियो । जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा विभिन्न रचनात्मक काम गरेका कांग्रेस जनताको साथी भन्ने भावना जागृत भई रहने बताउनुभएको थियो । यहाँले यो केबल शुरुवात मात्र भएकाले अझ धेरै कार्यहरु गर्न बाँकी रहेको बताउनुभएको थियो ।जिल्लाका वडा तहदेखि नै अभियानका क्रममा छायाँ सरकार गठन गरिएकाले स्थानीय सरकारले गर्ने हरेक क्रियाकलापहरुलाई आफुहरुले नजिक बाट बुझ्नै सञ्जाल निर्माण भई सको बताउनुभयो । सकारात्मक कार्यमा सदैव कांग्रेस साथमा हुने तथा भष्ट्रचार,लगायतका विकास निर्माण कार्य तथा ढिलासुस्ती जस्ता कुराहरुमा कांग्रेसले खबरदारी गर्ने बताउनुभएको थियो । साथै ५० दिने महाअभियानका सन्र्दभमा कांग्रेसले दलित बस्तीमा स–श्रम आवशीय शिविर सञ्चालन गरेकाले अब छिट्टै दलित समुदायलाई पनि गैरदलित वस्तीमा आमन्त्रण गदै सभ्य र समावेशिता मुलक पारदर्शि समाजका निम्ति सन्देश प्रवाह गर्ने समेत सभापति श्रष्ठले बताउनुभएको थियो । पत्रकार सम्मेलन्मा पार्टिका जिल्ला सचिव खिलध्वज पन्थी,विष्णुकुमारी सापकोटा तथा अभियानमा खटिभएका विभिन्न प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।