क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो

जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ । 

क्युबाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित १ सय १६ जना थिए । 

क्युबाका समाचार माध्यमका अनुसार तीन जनालाई भने गम्भीर अवस्थामा उद्धार गरिएको छ । बाँच्न सफल तीन जनाको अवस्था  गम्भीर रहेको जनाइएको छ । क्युबाकै पूर्वी क्षेत्रमा अर्को शहर होलुगुइनका लागि उडेको विमानमा रहेका सबै यात्रु क्युबाकै नागरिक हुन् । चालक दलका ६ जना सदस्य भने मेक्सिकोका थिए । क्युबाको एयरलाइन्सले दुर्घटनामा परेको विमान मेक्सिकोको कम्पनीसँग भाडामा लिएर सञ्चालन गरिरहेको थियो । 

क्यूबाली राष्ट्रपति मिगेल डियाज दुर्घटनास्थल पुगेर दुर्घटनाको छानबिन गर्न आदेश दिएका छन् । उनले दुर्घटनामा ज्यान गुमाउनेहरुको परिवारप्रति दुःख व्यक्त गरेका छन् । 

धरानमा कांग्रेसको विकल्प छैन तिलक राई, उमेदवार (नेपाली कांग्रेस) धरान उपमहानगरपालिका ||

पूर्वको सुन्दर नगरी धरान यतिबेला स्थानीय तहको निर्वाचनमा व्यस्त छ । राजनीतिक दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीलाई भोट माग्न व्यस्त छन् ।

अन्तर्वार्ता राप्रपा एजेण्डाबाट पछि हट्दा कमजोर भयो : धवलशमशेर राणा ||

२० वर्षअघि मेयरमा चुनाव जितेका धवल शमशेर राणा यसपटक पुनः नेपालगञ्ज उपमहानगरको  मेयर पदमा निर्वाचित भएका छन् । ०५४ सालमा नेकपा एमालेबाट चुनाव जितेका

अन्तर्वार्ता राप्रपा एजेण्डाबाट पछि हट्दा कमजोर भयो : धवलशमशेर राणा ||

२० वर्षअघि मेयरमा चुनाव जितेका धवल शमशेर राणा यसपटक पुनः नेपालगञ्ज उपमहानगरको  मेयर पदमा निर्वाचित भएका छन् । ०५४ सालमा नेकपा एमालेबाट चुनाव जितेका

मोदीको चेतावनीको बारेमा राष्ट्रपतिलाई पूर्वप्रधानमन्त्रीको पत्र

जेठ १ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले