नेपाली कांग्रेस गुल्मीले सञ्चालन गरेको ५० दिने महाअभियानको दोश्रो चरणको कार्यक्रम सार्वजनिक

जेठ २ गुल्मी 
नेपाली कांग्रेस गुल्मीले सञ्चालन गरेको ५० दिने महाअभियानको दोश्रो चरणको कार्यक्रम सार्वजनिक गरेको छ । आज विपि स्मृति भवन सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन् गदै बाँकी दोश्रो चरणका कार्यक्रमहरु सार्वजनिक गरेको हो । ‘नेपाली कांग्रेस गुल्मीको आव्हान् गाउँ जाउँ गाउँमै रमाउँ ५० दिने महाअभियान’भन्ने नाराका साथ यहि बैशाख १ गते देखि अभियान शुरु गरेको हो । 
अभियानको पहिलो चरणको कार्यक्रमले सकारात्मक सन्देश दिन सफल भएको कांग्रेस गुल्मीले जनाएको छ ।  पहिलो चरणको अभियान एक महत्वपुर्ण कणीको रुपमा स्थापीत भएको भन्दै श्रेष्ठ ले सुषुप्ट अवस्थामा रहेको कांग्रेसमा नयाँ बिजारोपण भएको बताउनुभयो।
दोश्रो चरणको कार्यक्रम पनि गरिब÷दलित बस्तीमा बढी केन्द्रित भएको जिल्लाका पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले बताउनुभयो । अझै पनि समाजमा विद्य्मान अवस्थामा रहेका जातिय विभेद,लैङ्गिक हिंसा,कुरिति,विषङगति,विकृतिहरुको अभियान मार्फत कांग्रेसले चिदै लैजाने बताउनुभएको छ । 
‘हामी राजनीतिक फाईदाका लागि होईन, सामाजिक सुधारको अभियान लिएर अगाडी बढेका हौ सभापति श्रेष्ठले भन्नुभयो यो चुनौतीपुर्ण पक्कै हो तर पनि समाज सुधारका लागि कसै न कसैले चुनौती मोल्नै पर्छजसलाई हामी अवसरका रुपमा लिएका छौं ।
अभियानको दोश्रो चरण अन्र्तगत पाँचौ हप्ता कार्यकर्ता एवं मतदाता संरक्षण तथा विस्तार रणनैतिक योजना राखिएको छ । जसमा नगर तथा गाउँपालिका स्तरीय अगुवा भेला गदै स्थानीय तहका जनप्रतिनिधिहरुले गरेका काम कार्वाहीको अनुगमन तथा खबरदारी गर्न नगर÷गाउँपालिकास्तरीय छायाँ सरकार गठन गरीने पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
छैठौँ हप्ता सामाजिक,सांस्कृतिक र सुधार अभियान गरीने छ । जसमा सामाजिक विकृत,विषङगति विरुद्ध महिलाहरुको सहभागीतामा बृहत ¥याली  गर्ने,दलित तथा गैरदलित समुदायबिच मन्दिरमा सामुहित पुजाँ पाठ गराउने पन्थीले बताउनुभयो ।  
सातौ हप्ता प्राकृतिक स्रोत र पर्यटकीय एवं धार्मिक स्थलहरुको पहिचान गदै लेङ्गिकहिंसा समाजमा विद्यमान् कुसंस्कारका विरुद्ध कार्यक्रम गर्ने कांग्रेस सचिव विष्णुकुमारी सापकोटाले भनाई छ । समाजमा कमजोर पक्षलाई अझ कमजोर पादै लैजाने तथा महिला हिंसा लगायतका कुरितिहरु विद्यमान् रहिरहनुमा मदिरा नै मुख्य तत्व भएकाले यसको निरुत्साहितका  लागि कांग्रेस सक्रिय भएर लाग्ने  उहाँले बताउनुभयो । 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव