उत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द

उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । अमेरिकासँग दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासबाट रुष्ट बनेको उत्तरकोरियाले दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द गरेको घोषणा गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ ।

यसअघि, बुधबार दुई कोरियाबीच उच्चस्तरीय वार्ता हुने तय भएको थियो । अमेरिका र दक्षिण कोरियाले १९५३ को द्धिपक्षीय सम्झौता अनुुसार संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । तर, उत्तर कोरियाले अभ्यासका विषयमा आपत्ति जनाउँदै आएको छ । 

यसअघि, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको छलफल पछि कोरियाली प्रायद्धीपलाई परमाणु हतियार मुक्त गर्ने सहमति भएको थियो । 

उत्तर कोरियाको यो घोषणापछि अमेरिकासँगको उच्चस्तरीय वार्ता पनि अन्योलमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ujyaaloonline

छोरा निर्दाेष भएको ट्रम्पको दाबी ||

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका छोरा जुनियर ट्रम्प निर्दाेष भएको दाबी गरेका छन् ।  उनले अमेरिकाको राष्ट्रपति चुनावको

भारतबाट अब सजिलै नेपालमा पैसा पठाउन मिल्ने

असोज २४ – आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा सुरु गरेका छन् ।  सम्झौता अनुसार

५ कक्षाका विद्यार्थीलाई प्रश्न– जहाजमा २६ भेँडा र १० खसी छन् भने क्याप्टेनको उमेर कति होला ?

    बेइजिङ, माघ १७ । ‘एउटा जहाजमा २६ भेँडा र १० खसी छन् भने सो जहाजका क्याप्टेनको उमेर कति होला ?’ यो प्रश्नको जवाफ कुनै गणित विज्ञान वा सूत्रमा

अमेरिकी कंग्रेसद्वारा विवादित कागजात सार्वजनिक, एफबीआईलाई तनाव

अमेरिकी कंग्रेसले एउटा विवादित कागजात सार्वजनिक गरेको छ । जसमा अमेरिकी गुप्तचर निकाय एफबीआईमाथि आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाइएको छ