ad

हावाहुरीले ठाउँठाउँमा बिजुली ठप्प, बेलुकीसम्म बनाउने प्राधिकरणको तयारी

 जेठ १ – हावाहुरीका कारण तराईका धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । पोल ढलेका कारण विद्युत सेवा अवरुद्ध भएको हो । 

ट्रान्सफरमर नै जलेको ठाउँबाहेक अरु ठाउँमा बेलुकीदेखि विद्युत सेवा सञ्चालन गर्नेगरी मर्मतको काम भैरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार महेन्द्रनगर, कोहलपुर, नेपालगञ्ज, बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, जनकपुर, दुहवी र अनारमनिसम्म विद्युतको खम्बा र तार मर्मतको काम बेलुकीसम्ममा सक्ने तयारी छ । मर्मतको काम सकिएपछि विद्युत आपूर्ति हुने उहाँले जानकारी दिनुभयो । 

तराई क्षेत्रका ३३ केभी प्रसारण लाइन हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको उहाँले बताउनुभयो । तराई–मधेश क्षेत्रमा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा क्षति भएको र त्यसलाई सञ्चालनमा ल्याउन मर्मतको काम भैरहेको हो ।

आइतबार बेलुकी आएको हावाहुरीका कारण ३३ केभी र ११ केभीका प्रसारण लाइन प्रभावित भएका हुन् । यस्तै कालीगण्डकी–बुटवल खण्डको १३२ केभी प्रसारण लाइनको एउटा सर्किटमा समस्या आएको छ । हावाहुरीका कारण पोल तथा तार ढलेको र लत्रेको भए प्राधिकरणको सम्बन्धित वितरण केन्द्र तथा जिल्ला कार्यालयलाई जानकारी दिन समेत उहाँले आग्रह गर्नुभएको छ 

गर्मी बढ्दै, तराईका धेरै ठाउँको तापक्रम ३० डिग्रीभन्दा माथि

काठमाण्डौ – केही दिनदेखि गर्मी बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्ने गर्छ । मार्चको पहिलो हप्ता

भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको ज्यान गयो

काठमाण्डौ – भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परेर पाँच वर्षका प्रनिष

डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा

पहाडी भेगमा आंशिक बदली, अरु ठाउँको मौसम सफा

काठमाण्डौ– आज देशका पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको छ । अरु बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै देशका

ad