सिद्धार्थ राजमार्गमा दुईतर्फी गाडी सञ्चालन, ग्रामिण सडक भने अवरुद्ध

 

पाल्पा, जेठ १ – सिद्धार्थ राजमार्गमा अहिले दुईतर्फी नै गाडी चलिरहेका छन् । सोमबार राति सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको ‘हेडबक्स’ भन्ने ठाउँमा खसेको पहिरो हटाएपछि अहिले दुईतर्फी नै गाडी चलिरहेका जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ को हेडबक्स भन्ने ठाउँमा माथिबाट पहिरो खसेपछि सोमबार दिनभरी नै यातायात सेवा अवरुद्ध भएको थियो । राति पहिरो हटाएपछि अहिले दुईतर्फी नै गाडी चलिरहेको हो । 

वर्षाका कारण धेरै ग्रामिण सडकमा भने गाडी चल्न सकेको छैन । भेलले बाटो बिगार्दा र पहिरो जाँदा गाडी चल्न नसकेको हो । झरी पर्दा धेरैजसो पहाडी जिल्लाका ग्रामिण क्षेत्रमा खनिएका सडकमा गाडी नै चल्दैनन । यस्तै, ओखलढुंगाका सदरमुकामबाट गाउँमा चल्ने  गाडी रोकिएका छन् ।  कच्ची बाटोमा कतै पहिरोे त कतै हिलोको कारण यातायात अबरुद्ध भएको हो । 

ओखलढुंगा सदरमुकामबाट खिजीदेम्वा गाउँपालिकासम्म चल्ने दुई वटा सडक अबरुद्ध छन् । त्यस्तै ओखलढुंगा पात्ले सडक र ओखलढुंगा जन्तरखानी भुसिंगा सडकमा यातायात सञ्चान गर्न नसकिएको खिजीदेम्वा गाउँपालिका ४ का वडा अध्यक्ष कमल न्यौपानेले जानकारी दिनुभयो ।

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको