मालिका ५  छापहिले स्वास्थ चौकीमा बर्थिङ सेन्टर उद्घाटन


गुल्मी १ जेठ ,

गुल्मी जिल्लाको मालिका गाउपालिका वडा न ५ छापहिले स्वास्थ चौकीमा सोमबार बर्थिङ सेन्टर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउपालिकाको प्रत्यक वडाहरुमा बर्थिङ सेन्टर खोल्ने कार्यक्रम अन्तर्गत मालिका गाउपालिकाको समन्वय र छाप हिले स्वास्थ चौकी को आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि मालिका गाउपालिकाका अध्यक्ष रित बहादुर थापाले बिगतका दुखलाइ बिर्सदै छाप हिलेका महिलाहरुले आगामी दिनहरुमा सुत्केरी हँुदा घरमा नभई बर्थिङ सेन्टरमा गइ सेवाको उपयोग गर्न आग्रह गरे । मालिका गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष श्यामलाल गिरीको अध्यक्षता रहेको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष रित बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मालिका गाउपालिकाका स्वास्थ एकाइ संयोजक बशन्तराज भुसाल मालिका गाउपालिका का कार्यकारी प्रमुख लेखनाथ पोखरेल युवा तथा समाजसेवी ब्याक्तित्व ओम बहादुर कार्की वडा ७ का स्वास्थ चौकी प्रमुख देबेन्द्र गिरि समाज सेवी उपेन्द्र खड्काले शुभकामना मन्तव्य राखेका थिए । तिलक विष्टको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन देव बहादुर महतराले गर्नुभएको थियो । लामो समय पछि आफ्नै गाउँठाउँबाटै सेवा लिन पाउने भएपछि  उक्त स्थानका स्थानीयहरु हर्षित देखिएका सहकर्मी कपिल रेग्मीले जानकारी दिनुभयो । 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव