छोरा निर्दाेष भएको ट्रम्पको दाबी ||


वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका छोरा जुनियर ट्रम्प निर्दाेष भएको दाबी गरेका छन् । 

उनले अमेरिकाको राष्ट्रपति चुनावको समयमा हिलारी क्लिन्टनसँगको महत्वपूर्ण जानकारी लिनका लागि  जुनियर ट्रम्पले रूसी अधिकारीलाई भेटेको भन्ने सम्बन्धमा ट्वीट गर्दै भनेका छन् ‘जुनियर ट्रम्पले रूसी अधिकारीसँग भएको वार्तालापको इमेल सार्वजनिक गरेर नै पारदर्शिता देखाइसकेका छन् ।’ 

हिलारी क्लिन्टनबारे महत्वपूर्ण सूचना रूसी कानुन व्यवसायी वेशेलनिट्कायाले आफूसँग भएको भनी ट्रम्प जुनियरलाई उनले बताएपश्चात्  जुनियर ट्रम्पले रूसी कानुनी व्यवसायीलाई भेटेको ट्रम्पको दाबी छ । 

डोनाल्ड ट्रम्पका छोरा जुनियर ट्रम्पले आफूले  रुसी कानुनी व्यवसायीलाई भेटेको उनले आफ्नो इमेलको सार्वजनिक गरी पुष्टि गरिसकेका छन् । अमेरिकी गुप्तचर संस्थाहरूले यसबारे थप अनुसन्धान अगाडि बढाइसकेका छन्।  

राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारी दिएको करिब २ हप्तापछि वेशेलनिट्काया र ट्रम्प जुनियरबीच  न्यूयोर्कस्थित ट्रम्प टावरमा ९ जुन २०१६ मा उनीहरूको पहिलो भेटवार्ता भएको समेत उनको इमेलबाट खुलिसकेको छ।  
निर्वाचनको समयमा रूसी कानुन व्यवसायी र ट्रम्प जुनियरबीचको भेटवार्ताले राष्ट्रपति निर्वाचनलाई प्रभाव पारेको तथ्यलाई राष्ट्रपति ट्रम्पले स्वीकार गरेका छैनन्।

भारतलाई चीनको चेतावनी ||

बेइजिङ- भुटान र चीनको सीमामा रहेको दोक्लम क्षेत्रबाट भारतीय फौज हटाउन चीनले चेतावनी दिएको छ। चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानुनी

ब्राजिलका पूर्व राष्ट्रपति सिल्भालाई ९ वर्ष जेल ||

एजेन्सी – भ्रष्टाचारको अाराेप लागेका ब्राजिलका पूर्व राष्ट्रपति लुईज इनासिलो लुल्ला दि सिल्भालाई ९ वर्षका लागि जेल चलान गरिने छ ।  उनीमाथि

नेत्रीको विवाहमा अन्डा प्रहार ||

ब्राजिलिया- विभिन्न देशमा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि प्रकट गरेका विभिन्न खालका घटना सार्वजनिक हुँदै आएका छन्। यसैबीच ब्राजिलमा पनि