जेठ पहिलो साता भित्र रेसुङ्गा विमानस्थलमा हवाईजहाज आउने

गुल्मी   बैशाख 
निर्माण थालिएको लामो समयपछि रेसुङ्गा विमानस्थलमा हवाईजहाज आउने भएको छ । विमानस्थल निर्माण समितिले दिएको जानकारी अनुसार परीक्षण उडानका लागि सबै तयारी पूरा भएकाले रेसुङ्गा विमानस्थलमा जहाज आउने भएको हो । समितिका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार जेठको पहिलो साताभित्रमै रेसुङ्गा विमानस्थलमा हवाईजहाज आउने बताए । जिल्लाको सदरमुकाम तम्घास नजिकै सिमीचौरमा एक दशक अगाडिबाट निर्माण शुरु भएको रेसुङ्गा विमानस्थलमा गत दशंैमा नै धुले उडान गर्ने भनिए पनि अहिले बल्ल धुले उडान गर्न सकिने अवस्थामा पुगेको पन्तले बताए । ‘निर्माण थालिएको लामो समयपछि हामीले रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरेका छौँ’ अध्यक्ष पन्तले भने– ‘नागरिक उड्यन प्राधिकरणको टोलीले छिट्टै अनुगमन गरेपछि धुले उडान गराउँछौँ ।’नागरिक उड्यन प्राधिकरणमा पुगेर विमानस्थलको जानकारी गराएको उनले बताए । विमानस्थल निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी नारायण पोखरेलका अनुसार पनि दशैंमा धुले उडान गर्ने भनिए पनि बल्ल तयार भएको बताएका छन् । दशैंमा जहाज नआएर निराशा भएका स्थानीयमा पनि फेरि जहाज आउने कुराले धेरै उत्साहित बनाएको छ । स्थानीय दीपेश अर्यालले अब त घर नजिकै जहाज आउने कुराले खुसी बनाएको बताए । नियमित विमानस्थल सञ्चालन भए जिल्लाको समग्र आर्थिक विकासले फड्को मार्ने अपेक्षा उद्योगी व्यवसायीहरुले गरेका छन् । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेले जिल्लाबाटै जहाज उड्ने कुराले जिल्लाको आर्थिक विकास हुने अपेक्षा गरेको बताए ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव