भोलिसम्म देशभरको मौसम यस्तै हुने, अब ट्वीटरबाटै मौसम अपडेट

 उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । आज बेलुकीसम्म देशभरको मौसम बद्ली हुने मौसमविद्को अनुमान छ । वायू मण्डलको तल्लो सतहमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा पश्चिमीको वायुको प्रभावसँगै पूर्वी क्षेत्रबाट आएको हावाका कारण प्रि मनसुन सक्रिय हुँदा झरी परेको मौसमविद् मिनप्रसाद अर्यालले बताउनुभयो ।

दिउँसो केहिबेर मौसम खुले पनि फेरि बदली भई पानी पर्ने सम्भावना छ ।  मौसमविद् अर्यालका अनुसार मंगलबार पनि मौसम यस्तै रहने छ । मंगलबार बेलुकीदेखि भने पानी पर्न रोकिने अनुमान गरिएको छ । तर प्रि मनसुनको समय भएकाले स्थानीय वायूको प्रभावले पनि पानी पार्न सक्ने मौसमविद्ले बताएका छन् ।

अब ट्वीटरबाट पनि मौसम अपडेट

जल तथा मौसम पूर्वानुमान महाशाखाले अब सामाजिक सञ्जालमार्फत पनि मौसमसम्बन्धी जानकारी दिने भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत इन्टरनेट चलाउनेहरुले मौसमी जानकारी लिन सक्नेछन् । @DHM_Weather मा गएर मौसमबारे जानकारी लिन सकिने महाशाखाले जनाएको छ ।

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको