चितवन निकुञ्जमा दुई महिनामा चार बाघ मरे

वैशाख ९ – सौराहा नजिकै राप्ती किनारमा आइतबार एउटा दुर्लभ पाटेबाघ मरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । बाघ शनिबार राति अर्को बाघसँगै जुधेर मरेको अनुमान गरिएको छ । बिहान स्थानीय सीता गुरौले घाँस काट्न जाने लागेका बेला बाघ मरेको देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो ।

यो सँगै पछिल्लो दुई महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ । ‘साथीहरुसँगै घाँस काट्न जाँदै थियौँ, बाघ देख्याैँ, अनि फर्किएर खबर गरेको’ घटनाबारे गुरौले भन्नुभयो । हेर्दा बाघको घाँटीमा अर्को बाघले टोकेको देखिन्छ । जुधेर नै बाघ मरेको अनुमान गरिएको चितवनको रत्ननगरको बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताउनुभयो ।रासस

प्राधिकरणका महानिर्देशकद्वारा रेसुङ्गा विमानस्थल निरीक्षण, यही हप्ता पाइलटहरु र प्राबिधिक टोली पठाइने

 गुल्मी १ जेठ , गुल्मीको सिमीचौरमा एक दशकदेखि निर्माणाधीण अवस्थामा रहेको रेसुङगा विमानस्थलको सोमबार स्थलगत निरीक्षण भएको छ । नागरिक उड्यान