नेत्रीको विवाहमा अन्डा प्रहार ||


ब्राजिलिया- विभिन्न देशमा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि प्रकट गरेका विभिन्न खालका घटना सार्वजनिक हुँदै आएका छन्। यसैबीच ब्राजिलमा पनि नेतृत्वप्रति असन्तुष्टि प्रकट गर्न एक नेत्रीको विवाहमा रोचक प्रकारको घटना भएको छ।

२५ वर्षे मारिया भिक्टोरिया बारोसको विवाह समारोहमा प्रदर्शनकारीले अन्डा प्रहार गरेको घटनाले ब्राजिलको राजनीति तातेको छ। ब्राजिलका राष्ट्रपति मिचेल टेमरको मन्त्री परिषद्का स्वास्थ्यमन्त्रीकी पुत्री एंव पाराना राज्यको सांसद बारोसको विवाह समारोहमा टेमरविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीले अन्डा प्रहार गरेका छन्।

ब्राजिलियन सरकारी पक्षका राजनीतिकर्मीले विवाह समारोहमा अन्डा प्रहार देशको वामपन्थी दलको नेतृत्वमा भएको आरोप लगाएको छ। राष्ट्रपति मिचेल टेमर समर्थक नेताको पुत्रीको विवाह समारोहमा उपस्थित भएका आगन्तुक र पाहुनालाई भौतिक रुपमा गरिएको अन्डा प्रहार र अपशब्द बोल्ने कार्य आन्दोलनरत वामपन्थीको काम भएको आरोप लगाइएको बिबिसीले जनाएको छ।

शुक्रबार साँझ एउटा चर्च अगाडि भइरहेको ती महिला नेत्रीको विवाह समारोहमा सयौं प्रदर्शनकारी जम्मा भएका थिए। उनीहरुले विवाह समारोहमा उपस्थितलाई अन्डा प्रहार गरेका थिए। अन्डा लागेकी महिला नेत्री एंव बेहुली सुरक्षाकर्मीको पहरामा गाडीमा जानुपरेको थियो। ब्राजिलको उपल्लो वर्गमा पर्ने स्वास्थ्य मन्त्री रिकार्डो बारोस र उनकी श्रीमती पाराना राज्यको गभर्नर सिडा बोरघेतीको छोरीको अत्यन्तै शान्दार रुपमा आयोजना गरिएको विवाह समारोहमा अन्डा प्रहार भएको विषय ब्राजिलमा अत्यन्तै चर्चाको विषय भएको छ।

ब्राजिलको राजधानी ब्राजिलियाबाट पारानाको राज्य राजधानी कुरीतिबामा सम्पन्न भएको उक्त विवाह समारोहमा ब्राजिलियन संसद्का कम्तीमा ३० सदस्यलाई निमन्त्रणा गरिएको बताइएको छ।

विवाह समारोहमा उपस्थित भएका प्रदर्शनकारीले सरकार विरोधी संकेत बोर्डसमेत बोकेका थिए। प्रदर्शनकारीले बेहुली बारोसलाई कूको खेलाडी भएको आरोप पनि लगाएको बताइएको छ। युट्युबमा सार्वजनिक भएको भिडियोमा सुरक्षाकर्मीले रोसारी भन्ने ठाउँमा रहेको चर्चबाट बाहिर निस्कने क्रममा दुलाहा र दुलहीलाई प्रदर्शनकारीको आक्रमणबाट जोगाउनका लागि छाता खोलेको दृश्य देखिएको छ। नव विवाहित दुलाहा दुलहीसहित निम्त्याइएका पाहुनालाई प्रदर्शनकारीबाट जोगाउनका लागि दंगा प्रहरीलाईसमेत  बोलाइएको थियो।

दुलही बारोसले प्रदर्शन भर्खरै राज्य गर्भनरमा नियुक्त भएकी आफ्नी आमासँग सम्बन्धित रहेको र प्रदर्शनमा बामपन्थी दल तथा संगठनको आर्थिक सहयोग रहेको आरोप लगाएकी छिन्। उनले विवाह समारोहमा उपस्थित भएका केही पाहुनामाथि भएको आक्रमणको निन्दागर्दै यस्तो घटना प्रजातन्त्रको मूल्य भएको बताइन्।

पछिल्लो घटना वर्तमान राष्ट्रपति टेमरका पूर्ववर्ती डिल्मा रोउसेफलाई महाभियोग लगाएर हटाएपछि ब्राजिलमा सुरु भएको विभाजित राजनीतिको अर्को उदाहरण भएको बिबिसीले बताएको छ। रोउसेफमाथि महाभियोग लागेको बेला उनले उक्त महाभियोगमा दक्षिणपन्थीको उक्साहटमा आफ्ना उपराष्ट्रपति टेमरको हात रहेको आरोप लगाएका थिए।

यसैबीच ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई भ्रष्टाचार गरेको आरोपमा नौ वर्ष छ महिना जेल सजाय तोकिएपछि वकर्स पार्टीका समर्थक पनि आक्रोशित भएका छन्। लुलाले भने घुसका रुपमा आलिसान महल लिएको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्। उनले अदालतको फैसला आफूलाई अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा भाग लिन नदिनका लागि राजनीतिक रुपमा रचिएको षड्यन्त्र भएको भन्दै पुनरावेदन गर्ने बताएका छन्। ब्राजिलमा सुधारवादी नेताका रुपमासमेत चिनिएका लुला सन् २०११ सम्म आठ वर्ष ब्राजिलको राष्ट्रपतिका रुपमा रहेका थिए।

भारतलाई चीनको चेतावनी ||

बेइजिङ- भुटान र चीनको सीमामा रहेको दोक्लम क्षेत्रबाट भारतीय फौज हटाउन चीनले चेतावनी दिएको छ। चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानुनी

ब्राजिलका पूर्व राष्ट्रपति सिल्भालाई ९ वर्ष जेल ||

एजेन्सी – भ्रष्टाचारको अाराेप लागेका ब्राजिलका पूर्व राष्ट्रपति लुईज इनासिलो लुल्ला दि सिल्भालाई ९ वर्षका लागि जेल चलान गरिने छ ।  उनीमाथि

छोरा निर्दाेष भएको ट्रम्पको दाबी ||

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका छोरा जुनियर ट्रम्प निर्दाेष भएको दाबी गरेका छन् ।  उनले अमेरिकाको राष्ट्रपति चुनावको