नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखा गुल्मीको अध्यक्षमा श्रेष्ठ


२०७४ फल्गुण ५ गुल्मी ––

नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखा गुल्मीको सभापतिमा गोमराज श्रेष्ठ निर्वाचित भएका छन् । शाखाको शनिवार सदरमुकाम तम्घासमा सम्पन्न १०आंै अधिबेशनबाट श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय कार्य समिती निर्वाचित गरेको हो । समितिको सदस्यमा रेशम कुवँर, माधब ज्ञवालि, कृष्णप्रसाद पोख्रेल,दान बहादुर बस्नेत, शान्ति नेपाली ,निर्मला अर्याल, मुकुन्द प्रसाद भण्डारी ,नेत्रबहादुर बस्नेत रहेका छन् । अधिबेशनमा रेसुङा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यतमा रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले नव निर्वाचित कार्य समितिलाई बधाई दिँदै आगामी कार्यकालको शुभकामना दिएका थिए ।  कार्यक्रममा रेडक्रस जिल्ला शाखा गुल्मिका मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, गुल्मी उधोग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेय लगायतले नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए । ईश्वरि प्रसाद पौडेलको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सचिब रेशम कुवरले गर्नुभएको थियो । समितिको कार्यबिभाजन १÷२ दिनमानै सबैको सहमतिमा टुंगो लगाउने नबनिर्वाचित सभापति श्रेष्ठले जानकारी दिए ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव