ओली निवासको कौसीमा प्रचण्ड र ओलीबीच ‘वान टु वान’ भेटवार्ता

भक्तपुर, फागुन ५ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको छ । 

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा  भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टी एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताईएको छ ।

कौसीमा घाम तापेर भएको भेटवार्तापछि बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले पार्टी एकताका बारेमा छलफल भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी एकताका विषयमा कुराकानी भएको हो,  एकताका बारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ ।’

भेटवार्तापछि प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि आज दुई अध्यक्षबीच छलफल भएको जानकारी दिनुभयो । 

आइतबार बस्ने एकता समितिको बैठकमा सबै कुरा हुने त्यसकै तयारीका लागि प्रधानमन्त्री र माओवादी अधयक्षबीच छलफल भएको उहाँको भनाई थियो । छलफलमा सरकारमा माओवादीको सहभागिताको बारेमा पनि छलफल भएको बताइएको छ । 

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको