सुखि नेपाली समृद्धि नेपाल निर्माण गर्ने कार्यभार पुरा गर्न अग्रसर हुनुपर्ने ः राष्ट्रपति भण्डारी


२०७४ फाल्गुण ५ गुल्मी ––
राष्ट्रपति बिद्यादेवी भण्डारीले राजनितिक स्थायित्व र दिगोशान्ति कायम गर्दै  सुखि नेपाली समृद्धि नेपाल निर्माण गर्ने कार्यभार पुरा गर्न मुलुक अग्रसर भएको बताएकी छन् । शुक्रवार गुल्मीको रुरु गाउँपालिका वडा नम्बर १ रिडी स्थित रुरु संस्कृत तथा साधारण माबिको सतवार्षिकी अबसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संस्कृति शिक्षाको  आधुनिकरण गर्दै समृद्ध समाज बिकास गर्न समद्ध पक्ष दिनुपर्ने बताइन् । उनले सामाजिक तथा सास्कृतिक सहिसुर्णता सदभावलाई थप सुदृढ पार्दै देशको गौरवशालि मौलिक पहिचाहन सहित अघिवढने हाम्रो दायित्व हुनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले शैक्षिक बिकास मार्फत ज्ञानका बिभिन्न क्षेत्रहरुको उजागरण गर्नु यस सन्र्दभमा उपयुक्त हुने बिश्वास गरिन् ।
संस्कृत प्राचिनतम भाषका अत्तिरित्व अधिकांश भाषाहरुको जननी ज्ञान र एबं बौदिकताको अथाहा भण्डार भएको बताइन् । यो भाष र यसमा लिखित बहुमुल्य प्राचिन गन्थ्रहरु हाम्रा पूर्खाहरुले आर्जन गरेका ज्ञान र बिज्ञानका अपरिमित उपलब्धीहरु समाबिष्ट भएको बताइन् । तर यस भाषाको समुचित संरक्षण हुननसक्दा भाषासागै यसमा अन्तरनिहित धेरै समृद्ध ज्ञानबाट आजको मानव समुदाय बिमुख हुनुपरेको बताइन् । उनले सयौ वर्ष पहिले स्थापना भएको बिद्यालयले महत्वपुर्ण योगदान रहेको बताइन् ।उनले यस बिद्यालयबाट उत्पादित जनशक्तीले गुल्मी र आसपासका जिल्लाहरुमा मात्रै नभई राष्ट्रको बिभिन्न क्षेत्रमा योगदान पुराउनु बिद्यालयको निम्ती गौरवको बिषय भएको बताइन् ।
रुरु क्षेत्र धार्मिक महत्व बोकेको क्षेत्र रहेकाले चिन र भारत जोडने निर्माणधिन कालिगण्डकी करिडोरले रुरु रिडी मुख्य व्यापारिक नाका बन्ने बताइन् । शान्तिका अग्रदुत गौतम बुद्धको जन्म स्थलसँगै पस्ताबित लुम्बिनी चक्रपथ मार्फत रुरु क्षेत्रसागै सबै पर्यटकिय स्थल गरेर आबद्ध गरेर एउटा उतकृष्ट पर्यटकिय गनतब्यका रुपमा बिकास गर्न सकिने बताइन् । उनले गुल्मी, पाल्पा स्याङजाको संगम क्षेत्र रुरु धार्मिक नेवार मगर लगायत बिभिन्न जातजातिहरुको संस्कृतिहरुको केन्द्र रहेको बताइन् ।
दुई बिद्यालयको जन्मोउत्सव मनाउन गुल्मी आएकी राष्ट्रपति बिद्यादेवी भण्डारीले तीन जिल्लाको संगम क्षेत्र रुरु स्थित कालिगण्डकी नदिमा स्नान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले बिद्यालयको कार्यक्रममा पुग्नु भन्दा पहिले गुल्मी पाल्पा र स्याङजा जिल्लाको संगम क्षेत्र रिडीमा स्थित कालिगण्डकी नदिमा स्नान गरेकी हुन् । कालिगण्डकी नदिमा स्नान पछी पाल्पा जिल्लामा पर्ने रिषीकेश मन्दीरमा पुँजा आज गर्नुका सागै दर्शन सकेत गरेकी हुन् । मन्दीरमा पुगेर मन्दीर अबलोकन गर्नुका साथै पुजा समेत गरेकी थिइन् ।  राष्ट्रपति भण्डारीलाई रिडीमा तिन जिल्लाका बिशिष्ट व्याक्तिहरु, स्थानियले भव्य स्वागत गरेका थिए । बिद्यालयको जन्मोउत्सव मनाउन राष्ट्रपति भण्डारीसँगै गुल्मी क्षेत्र नं. १ र २ का संसद प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट, पाल्पा क्षेत्र नं. २ का संसद सोमप्रसाद पाण्डेय सहभागित रहेको थियो । उनिहरुसँगै गुल्मी क्षेत्र नं. १ प्रदेश सभा संसद कमराज श्रेष्ठ लगायत गाउँपालिका प्रमुखहरु,तिन जिल्ला प्रमुख जिल्ला अधिकारीहरु लगायतका बिशिष्ट ब्यक्तिहरुको सहभागित रहेको थियो । बिद्यालयलका कार्यक्रमहरुमा राष्ट्रपति भण्डारीलाई स्थानिय कला सँस्कृतिसँगै बिभिन्न झाकीहरु देखाएका थिए ।


सार्वजनिक शिक्षाको पहुँच आधारभुत वर्गमा पुग्नुपर्ने  


राष्ट्रपति विद्यादेवि भण्डारीले सार्वजनिक शिक्षाको पहुँच आधारभुत वर्गमा पुग्नुपर्ने वताउनु भएको छ। शुक्रवार त्रिभुवन मावि मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा गुल्मीको स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा वताउनु भएको हो। आर्थिक विपन्नता र चेतनाका कारण विद्यालय वाहिर रहेकाहरुलाई विद्यालय मा ल्याउन सवैको दायीत्व हुने भन्दै भण्डारीले समाज रुपान्तरणको महत्वपूर्ण आधार विद्यालय हुने वताउनु भएको छ । भण्डारीले फरक प्रसंगमा जननिर्वाचित प्रतिनिधि मार्फत राजनैतिक स्थिरता, स्थायी शान्ति सहित दिगो विकास गर्दै समानता र न्यायमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा लाग्नुपर्ने आवश्यकता भएको वताउनु भएको छ।
कफि उत्पादनमा गुल्मीको भूमिका भएझैं प्राविधिक शिक्षा र शैक्षिक गुणस्तरको माध्यमवाट नेपालकै शिक्षा विकासमा त्रिभुवन माविले भूमिका खेल्ने विश्वास समेत राष्ट्रपतिले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा पूर्व मन्त्रि तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्णराज विष्टले गरिवि र अभावमा वाँचिरहेका नागरिकहरुको लागी राज्यले यथोचित व्यावस्था गर्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। आधारभूत शिक्षा अनिवार्य र माध्यमिक शिक्षा निशुल्क गर्ने सहितको अधिकार स्थानिय तहमा आएको भन्दै विष्टले शैक्षिक जागरणमा राज्य संगसंगै स्थानिय समुदायको समेत भूमिक हुने वताउनु भएको छ। कार्यक्रमको सुरुमै राष्ट्रपति भण्डारीले विद्यालयमा स्थापना गरिएको स्वर्ण स्मारकको अनावरण गर्नुभएको थियो।  
कार्यक्रममा पूर्व मन्त्रि तथा सांसद प्रदिप ज्ञवाली, सोमलाल पाण्डे, सांसद मैनादेवि भण्डारी लगाएतको सहभागिता रहेको थियो। कार्यक्रम स्वर्ण महोत्सव मुल समारोहका अध्यक्ष झविराम शर्माको अध्यक्षता तथा शिक्षक दधिराम शर्मा तथा गोपाल रायमाझिको संचालनमा सम्पन्न भएको थियो। २०२४ सालमा स्थापना भएको विद्यालयले शैक्षिक गतिविधि संगै विभिन्न विधाका कार्यक्रम पनि संचालन गर्दै आएको छ। कार्यक्रममा सहयोगी, चन्दादाता लगाएतलाई सम्मान गरिएको थियो। विद्यालयको स्वर्ण महोत्सव ७ गते सम्म चल्ने विद्यालयले जनाएको छ।  स्वर्ण महोत्सवको अवसरमा शैक्षिक गुणस्तर वृद्धि तथा प्राविधिक शिक्षा संचालनको लागी सहयोगी हरुले सहयोग गर्ने क्रम पनि जारी रहेको छ। हाल सम्म झण्डै पौने २ करोड रकम संकलन भएको विद्यालयले जनाएको छ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव