ब्राजिलका पूर्व राष्ट्रपति सिल्भालाई ९ वर्ष जेल ||

एजेन्सी – भ्रष्टाचारको अाराेप लागेका ब्राजिलका पूर्व राष्ट्रपति लुईज इनासिलो लुल्ला दि सिल्भालाई ९ वर्षका लागि जेल चलान गरिने छ । 

उनीमाथि भ्रष्टाचारको अभियोग लागेकोमा अदालतले उनलाई ९ वर्षका लागि जेल सजाय फैसला गरेको हो । 

राज्यको स्वामित्वमा रहेको तेल कम्पनीमा भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेकोमा अदालतले यसको सुनुवाई गरेपछि उनलाई जेल सजाय हुने भएको हो । 

उनले ८ वर्षसम्म राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । ब्राजिलमा आगामी वर्ष हुने भनिएको राष्ट्रपतिको चुनाव समेत उम्मेदवारी दिने घोषणा गरेका उनलाई यसले ठूलै झट्का लाग्ने अनुमान गर्न सकिन्छ । 

लुल्लाले भने आफूले कुनै पनि प्रकारको भ्रष्टाचार नगरेको बताउँदै अदातलको सुनुवाई पूर्णतया एक पक्षीय भएको बताए । उनी ब्राजिलका प्रसिद्व तथा लोकप्रिय नेता हुन् । उनी आबद्ध  पार्टी वर्कसले  अदालतको सुनुवाई प्रति विरोध जनाउँदै विभिन्न प्रदर्शन गर्ने समेत घोषणा गरेको छ । 

भारतलाई चीनको चेतावनी ||

बेइजिङ- भुटान र चीनको सीमामा रहेको दोक्लम क्षेत्रबाट भारतीय फौज हटाउन चीनले चेतावनी दिएको छ। चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानुनी

नेत्रीको विवाहमा अन्डा प्रहार ||

ब्राजिलिया- विभिन्न देशमा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि प्रकट गरेका विभिन्न खालका घटना सार्वजनिक हुँदै आएका छन्। यसैबीच ब्राजिलमा पनि

छोरा निर्दाेष भएको ट्रम्पको दाबी ||

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका छोरा जुनियर ट्रम्प निर्दाेष भएको दाबी गरेका छन् ।  उनले अमेरिकाको राष्ट्रपति चुनावको