कतै विद्यालयका वार्षिकोत्सव तथा कतै अभिभावक फेला देखि अतिरिक्त क्रियाकलापहरु पनि भए


२७ माघ २०७४ __
खसथोक माध्यामिक विद्यालय मुसीकोट नगरपालिका वडा नं २ गुल्मीको ५६ औँ वार्षिकोत्सवका अवशरमा सञ्चालन भएको कार्यक्रमको दोश्रो दिन पनि आज विविध कार्यक्रमहरु भएका छन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार महतको सभापत्वि रहेको कार्यक्रममा साहायक जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो । हिजो भएको कार्यक्रममा विभिन्न स्थानीय तथा राष्ट्रिय स्तरका लोक तथा दोहोरी कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको विद्यालयले जनाएको छ । शिक्षक केशवराज पोखरलेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कृष्ण घिमिरे र कृष्ण सुर्यवंशीले गर्नुभएको थियो ।

गुल्मीको पौदी प्राथमिक विद्यालयमा अभिभावकहरुको भेला सम्पन्न भएको छ । भेलाले विद्यालयमा अक्षयकोष स्थापना गर्नका लागि विद्यालयका शिक्षक चन्द्र बहादुर केसीको अध्यक्षतामा १५ सदस्यीय पौदी प्राथमिक विद्यालय अक्षयकोष संकलन समितिको गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रकास श्रेष्ठ,सदस्य सचिवमा प्रधानाध्यापक गंगाप्रसाद श्रेष्ठ रहनुभएको छ । आर्थिक अभावले विद्यालयमा कपि,पेन किन्न नसक्ने लगायतका समस्याले गर्दा विद्यालयमा उपस्थित हुन नसकेका बालवालिकाहरुलाई शिक्षाको पहँुचमा ल्याउनको लागि यस्तो अभियान सञ्चालन गरिएको विद्यालयका शिक्षक चन्द्र बहादुर केसीले जानकारी दिनुभयो । अक्षयकोष मार्फत आर्थिक संकलन गरेर मुल रकमको बार्षिक व्याजबाट समितिले गरिव,दलित, असाय र विपन्न वर्गहरुका विद्यार्थीहरुलाई कपी पेन, पोशाक र दिवा खाजा र परीक्षा शुल्क लगायतबाट विद्यार्थीहरुलाई सहयोग पु¥याउनका लागि ५० लाख आर्थिक संकलन गर्ने लक्ष्य सहित अक्षयकोषको स्थापना गर्नका लागि समिति गठन गरिएको विद्यालयका शिक्षक केसीले जानकारी दिनुभयो ।

जमलपोखरा माध्यामिक विद्यालय मालिका गाउँपालिका वडा नं ५ गुल्मीमा आज अन्तरसदनात्मक हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त गाउँपालिकाकै अर्जै माध्यामिक विद्यालयबाट अध्यास शिक्षणमा गएका विद्यार्थीहरुको आयोजनामा सो कार्यक्रम गरिएको हो । जस्मा दशरथ सदन प्रथम,धर्मभक्त सदन द्धितिय,शुक्रराज सदन तृतिय तथा गंगालाल सदन शान्तवना भएका थिए । अध्यास शिक्षण खटिएका विद्यार्थी पुष्पा खड्को सभापत्वि रहेको कार्यक्रममा जमलपोखरा माध्यामिक विद्यालयका प्रधानाध्यापक ढुण्डीराज अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।उक्त कार्यक्रमको सञ्चालन छात्रा कालिका अर्यालले गर्नुभएको त्यहाँबाट शिक्षक इश्वर कार्कीले जानकारी दिनुभयो ।

बालविकास निम्नमाध्यामिक विद्यालय मदाने गाउँपालिका वडा नं २ बाँझकटेरी शिरा भेडिखोर गुल्मीमा आज अन्र्तरसदनात्मक छात्रा कुर्चाी दौड प्रतियोगिता सम्पन्न भएको छ । जस्मा दशरथ सदन प्रथम,शुक्रराज सदन द्धितिय तथा गंगालाल सदन तृतिय भएका छन् । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तारा अर्यालको सभापत्वि रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु भुषालको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रमको सञ्चालन शिक्षक दुर्गा भुषालले गर्नुभएको थियो ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव