गुल्मीमा स्थानीय तहको कामकाज प्रभावकारी भएन्,


२५  माघ २०७४ गुल्मी__
गाउँगाउँ सिंहदरबारको अधिकार पुर्याउने उद्देश्यसहित गठित स्थानीय तहको कामकाज गुल्मीमा प्रभावकारी हुन सकेको छैन । स्थानीय तहमा जनप्रतिनिधि आएको सात महिना पुग्यो । तर, कामभन्दा समस्या स्थानीय तहमा धेरै छन् । अधिकांश गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी समेत छैनन् भने वडा कार्यालयमा भवन अभाव छ । केही मोटर बाटो मर्मत र साना ट्रयाक खोल्नेबाहेक विकास निर्माणको काम सुस्त छ । स्थानीय तहमा आएको बजेटको १५ प्रतिशतसमेत प्रयोग हुन सकेको छैन । धेरै स्थानीय तहले गाउँ र नगरसभा कार्य्विधि मात्र बनाएर काम गरिरहेका छन् । कार्यालयका लागि सामाग्री खरिद गर्न आवश्यक पर्ने खरिद ऐनदेखि उपभोक्ता समिति गठन ऐनसम्म पनि बनाएका छैनन् ।गुल्मी जिल्लाका दुई नगरपालिका, १० गाउँपालिकामा गरेर ९० वडा छन् । गाउँपालिकाका वडामा अझै पनि सचिव नपुग्दा एउटै सचिवले दुई वटासम्म वडाका काम गर्नु परिरहेको छ । प्राविधिकको पनि त्यतिकै समस्या छ । दरबन्दी खाली छन् । स्थानीय तहले करारमा नियुक्ति दिएका प्राविधिक तथा अन्य कर्मचारीमा अनुभव छैन । जसका कारण विकासका गतिविधि अघि बढेका छैनन् । यो अवस्थाले नागरिक मात्र होइनन् जनप्रतिनिधिसमेत निराश बनेका छन् ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव