मानव नेपाल संस्थाले प्रथम वार्षिकोत्सव मनायो


२५ माघ २०७४ गुल्मी ---
गुल्मीको सदरमुकाम तम्घासमा रहेको मानव नेपाल संस्थाले प्रथम वार्षिक उत्सव मनाएको छ । रेसुङ्गा नगर पालिकाबाट नेपालका बिभिन्न स्थान र नेपाल बाहिर रहेका प्रवासी नेपालीहरुरहेको संस्थाले आज सदरमुकाम तम्घासमा प्रथम वर्षिक उत्सव एक कार्यक्रमको आयोजना गरी मनाएको हो । वार्षिक उत्सवको अबसर पारेर संस्थाले गुल्मीमा रहेर लामो समय सम्म क्रियाशिल पत्रकार जनार्दन घिमिरेको पत्नीको स्तन क्यान्सरको उपचारमा सहयोग गर्न भन्दै आर्थिक सहयोग गरेको थियो । रकम हस्तातरण कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण पन्थीले पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्री मार्फत हस्तातरण गरेका थिए । गुल्मी जिल्लामा रहेका जुनसुकै व्यक्तिहरुको दैबि प्रकोप  र ठुला ठुला रोगबाट ग्रसित व्यक्तिहरुलाई सहयोग गर्ने उदेश्यले गत वर्ष मानव नेपाल नामक संस्था स्थापना गरिएको संस्थाका अध्यक्ष कृष्ण पन्थीले बताए । उनले संस्थासँग क्ुनै आर्थिक रकम नभएपनि प्रवासमा रहेका नेपालीहरुको सहयोगबाट विभिन्न पिडामा रहेका नेपालीहरुको सहयोग गर्ने मुख्य उदेश्य रहेको बताए ।संस्था स्थापनाको छोटो अबथीमा खासै ठुला उल्लेख्नीय कामहरु नभएपनि आगामी दिनहरुमा बिशेष खालका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्ने सोच रहेको अध्यक्ष पन्थीले बताए । मानव नेपालका अध्यक्ष कृष्ण पन्थीको अध्यक्षता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्रीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष खत्रीले पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेको पत्नीको उपचारार्थ गरेको सहयोग प्रति धन्यवाद दिए । संस्थाले आगामी दिनहरुमा जिल्लामा बिभिन्न सामाजिक कार्य सँगै बिभिन्न रोग दैबिक प्रकोपको पिडामा हुँनेहरुको सहयोगमा जुटन आग्रह गरे । पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष खत्रीले संस्थाको वार्षिक उत्सवको अबसरमा उत्तरउत्तर प्रगतीको कामना सहित श्ुभकामना समेत दिएका थिए । सदरमुकाम तम्घासमा सम्पन्न कार्यक्रममा संस्थाका बिभिन्न पदाधिकारी,सल्लाहाकार लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव बलबहादुर कुवँरले गरेका थिए ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव