खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जजनप्रिय युवा क्लब मदानेलाई
२२ माघ २०७४ रेडियो रेसुङ्गा
गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जनप्रिय युवा क्लब मदाने गाउँपालि पुर्कोटदह गुल्मीले हात पारेको छ । १० समुहको सहभागिता रहेको कार्यक्रममा बाग्लुङ्ग दर्लिङ्ग पुष्पाञ्जली युवा क्लबले दोश्रो स्थान हासिल गर्न सफल भएको छ । बाग्लुङ्ग सेवा समाज गुल्मीको प्रथम वार्षिकोत्सवको अवशरमा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगिता माघ २० गते देखि सञ्चालन भएको थियो । क्लबका अध्यक्ष हिरालाल पुन मगरको सभापत्वि रहेको कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी कौशल शर्माको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत हजाराँै दर्शकहरुको सहभागिता रहेको थियो