प्रति ग्रागी ३० रुपैँया तिरेर पानी किन्न बाँध्य छन् दौँगेलीहरु


२२ माघ २०७४  (रेडियो रेसुङ्गा)
गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ६ दौगाँमा खानेपानीको हाहाकार भएको छ । आकाशे पानीको संकलन गर्न  निर्माण गरिएका पोखरी,घैटा,ट्याङ्कीमा पानी सकिएपछि पानीको हाहाकार भएको हो । यस वर्ष हिउँदको समयमा पानी नपर्दा आकाशे पानी संकलन गर्न स्थानीयहरुले बनाएका घैटा,पोखरी,ट्याङ्कीमा पानी सकिएसँगै खानेपानीको अभाव भएको हो । बिशेष गरी साविकको दौँघा गा.वि.सको वडा नं ३,४ तथा ढिकमाथी ५,७,८,९का स्थानहरुमा खानेपनीको बढी समस्यामा पर्ने गर्दछ ।उक्त स्थानका स्थानीय बासीहरु दुई तिन घण्टा लगाएर एक ग्रागी पानी ल्याउन विभिन्न कुवाँ,पोखरी,पधेँरा चाहार्ने गर्छन् । पानीको संकलन गर्नका लागि निर्माण गरिएका पोखरी ट्याङ्की,कुवा पधेँरामा पानी रित्तिदै जान थालेपछि एक ग्रागी पानि भर्नका लागि करिब आधा घण्टा सयम लगाएर पानीको खोजीमा ध्याँउनु पर्ने बाध्यँता रहेको स्थानीयको भनाई छ । बिहान ४ बजेबाटै राति करिब १० बजेसम्म दौगेलीहरुलाई कुवाँ,पधेँरोमा पानी खोज्नकै लागि भौतारीनुपरेको सहकर्मी कालिदास आत्रीयले जानकारी दिनुभयो । अहिले खानेपानी संकलनका लागि निर्माण गरिएका ट्याङ्की÷पोखरी लगायतमा पानी रित्तिएसँगै विकल्पका रुपमा दौँगेलीहरुले यातयातबाट ल्याएको पानी प्रति ग्रागी ३० रुपैँया तिरेर  खानुपर्ने बाध्यँता सिर्जना भएको छ । सबैको लागि सर्वशुलव हुनुपर्ने पानी समेत किनेर खानुपर्दा दौगेलीहरु निकै चिन्तित बनेका समेत सहकर्मी आत्रीयले जानकारी दिनुभयो ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव