१ नम्बर प्रदेश मन्त्रालय राख्ने भवनको टुङ्गो लाग्यो

मोरङ, २० माघ –एक नम्बर प्रदेशका मन्त्रालय राख्ने भवनको टुंगो लागेको छ । 

प्रदेशका प्रमुख सचिव यादव कोइराला कार्यक्षेत्र आएसँगै प्रदेशका मन्त्रालय राख्ने भवनको टुंगो लागेको हो ।  मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मन्त्रालय बस्ने भवनको टुंगो लगाएको जानकारी दिनुभयो ।

टुङगो लगाइएका मन्त्रालयमा मुख्यमन्त्रीको कार्यालय क्षेत्रीय कृषि निर्देशनालयको भवनमा हुनेछ । यस्तै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, क्षेत्रीय सिंचाई निर्देशनालयको कार्यालयमा प्रदेश प्रमुखको कार्यालय, घरेलु तथा साना उद्योगको कार्यालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सुनसरी–मोरङ सिंचाई आयोजनाको कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय, जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा सामाजिक विकास मन्त्रालय रहनेछ ।

त्यस्तै क्षेत्रीय वन निर्देशनालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, क्षेत्रीय पशु सेवा कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेशसभा सचिवालय रहने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी  दिनुभयो ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव