गुल्मीका विभिन्न विद्यालयहरुमा अतिरिक्त क्रियाकलापमा के–के कार्यक्रम भए ?


२० माघ २०७४
 गुल्मी
आधारभुत तहका शिक्षकहरुलाई एक दिने पेशागत पुर्नताजकी तालिम भगवती माध्यामिक विद्यालय रेसुङ्गा नगरपालिका सिमिचौरमा गुल्मीमा सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिका शिक्षा शाखाका विद्यालय निरिक्षक पिताम्बर पन्थी र नेल्टा गुल्मीका अध्यक्ष कृष्ण मरासनीले सो तालिमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा २० जना शिक्षकहरुको सहभागीता रहेको थियो । प्रधानाध्यापक वम बहादुर रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

हिमालय माध्यामिक विद्यालय धुर्कोट वस्तुबाट इन्दिरा माध्यामिक विद्यालय धुर्कोट रजस्थलमा अध्यास शिक्षणमा पुगेका विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप अन्र्तगत अन्तरसदनात्मक हाजिरिजावफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेका छन् । जसमा लालुपाते सदन प्रथम,सुर्यमुखी सदन द्धितिय र सयपत्री सदन तृतिय भएका छन् । उक्त कार्यक्रममा छात्रा सुवास नेपालीको सभापतित्व उक्त विद्यालयका निमिक्त प्रधानाध्यापक विष्णु कुवँरको प्रमुख आतिथ्यता छात्रा सुनिता कुमारी विश्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विष्णु कार्कीले गर्नुभएको शिक्षक एकदेव पौडेलले जानकारी दिनुभयो ।   

सरस्वती प्राथमिक विद्यालय रेसुङ्गा नगरपालिका वडा नं ५ लामडाडाँ गुल्मीमा आज हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रेसुङ्गा बहुमुखी क्याम्पसबाट अभ्यास शिक्षणमा खटिएका विद्यार्थीहरुको आयोजनामा भएको हाजिरिजवाफ प्रतियोगितामा धौलागीरी सदन प्रथम,माछापुच्छे सदन द्धितिय,अन्नपुर्ण तृतिय तथा सगरमाथा सदन शान्तोना भएका भएका छन् । अभ्याश शिक्षणमा खटिएका छात्र सिता सुनारको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवलाल पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवशरमा लक्ष्मी खत्री,आशा पोखरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जीवन कुवँरले गर्नुभएको थियो ।

गुल्मीको मदाने गाउँपालिका वडा नं २ बाझँकटेरीमा रहेको बालविकास निम्न माध्यामिक विद्यालय भेडिखोरमा अतिरिक्त क्रियाकलाप अन्र्तगत हिज्जे कार्यक्रम सम्पन्न भएको छ । जसमा शुक्रराज सदन प्रथम,दशरथ सदन द्धितिय तथा गंगालाल सदन तृतिय भएका छन् । अतिरिक्त क्रियाकलाप समिति संयोजक तारा अर्यालको सभापत्वि रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद भुषालको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रमको सञ्चालन शिक्षक मोहन प्रकाश भुसालले गर्नुभएको विष्णु प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव