एमालेलाई सरकारमा आउन हतारो भएको हो, सरकार छाड्न ढिलाइ भएको छैनः प्रधानमन्त्री

काठमाडौं, माघ १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको बताएका छन् ।

बुधबार नेपाल टेलिभिजनको ३३औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्य निर्वाचन गराउने आफ्नो दायित्व भएको भन्दै निर्वाचन गराउन बनेको सरकारले संविधानतः निर्वाचन गराउँदा रोइकराइ गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे ।

उनले देउवाले निर्वाचन गराएर मुलुकलाई समृद्ध बनाउने दिशामा लैजान सकेकोमा आफू सन्तुष्ट रहेको बताए ।

प्रधानमन्त्री देउवाले जनता जति सुसूचित हुन्छन्, त्यति नै मुलुकको विकास हुने भन्दै सन्चारमाध्यमले जनतालाई सुसूचित बनाउन लोकतन्त्रको पक्षमा खेलेको भूमिका अतुलनीय रहेको बताए ।

उनले नेपाल टेलिभिजनलाई अझै विश्वसनीय र जनमैत्री काम गर्न निर्देशन पनि दिए ।

कार्यक्रममा सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले सातै प्रदेशमा नेपाल टेलिभिजनलाई विस्तार गर्न आवश्यक रहेको बताए ।

उनले सरकार पूर्णरुपमा सघाउन तयार रहेको भन्दै केही दिनभित्रै सिंहदरबार र पद्यकन्या क्याम्पसलाई वाईफाई फ्रि जोनकारुपमा विकास गरिने बताए ।

कार्यक्रममा एमाले नेता योगेश भट्टराईले नेपाल टेलिभिजनले लोकतन्त्र र स्वतन्त्रताका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा विभिन्न विज्ञापन एजेन्सी, दीर्घसेवा पुर्‍याएका र राम्रा काम गरेकाहरुलाई सम्मान गरिएको थियो ।

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको