गुल्मीमा वाम गठबन्धन भारी मतका साथ विजयी


मंसिर २४  –––
गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमाले सचिव एवं वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वा्चित भएका छन् । ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत राप्रसाद न्यौपानेले जानकारी दिए । ज्ञवालीसँग नेपाली कांग्रेसका चन्द्र भण्डारी ३० हजार २ सय ५६ मत ल्याएर पराजित भए । त्यस्तै सोही क्षेत्रको प्रदेश सभा ‘क’ मा माओवादीका सुदर्शन बराल निर्वा्चित भएका छन् । बरालले १७ हजार ९ सय १० मत ल्याएर बिजयी भएका हुन् । बरालसँग कांग्रेसका पृथ फौजदारले १३ हजार २ सय ९९ मत ल्याएर पराजित भए । त्यस्तै प्रदेशसभा ‘ख’मा एमालेका कमलराज श्रेष्ठ निर्वा्चित भएका छन् । श्रेष्ठले १९ हजार ५ सय ९१ मत ल्याएर विजयी भए । श्रेष्ठसँग कांग्रेसका धनेन्द्र कार्की १६ हजार ३ सय ७३ मत ल्याए ।

प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर २ बाट एमाले नेता गोर्कण बिष्ट भारी मतका साथ बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका चन्द्र बहादुर केसीलाई १४ हजार ४ सय ६२ मत अन्तरले पराजित गरेका हुन् । बिष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरेका थिए भने बिष्टका प्रतिद्वन्द्वी नेपाली काँगे्रसका केसीले २० हजार १ सय ५६ मत ल्याएका थिए । निर्वाचन अधिकृत कमलराज गौतमले विजयी भएको घोषणा गरेका हुन् । लामो समय वाम राजनीतिमा सक्रिय रहेका बिष्टले आफू विजयी बनेपछि सबैलाई धन्यवाद दिँदै जनताको सेवामा सधै समर्पित हुने बताए । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको गुल्मीमा पछिल्लो मत परिणाम अनुसार सवै क्षेत्रका प्रतिनिधि सभा र प्रदेशसभामा बाम गठबन्धनले नै अग्रता लिएका छन् ।
गुल्मीको प्रतिनिधी सभा क्षेत्र नं २ को दुबै प्रदेशसभामा बामगठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेश सभा ‘१’ प्रदेशमा बामगठबन्धनका खडग केसी बिजयी हुनुभएको छ । केसीले लोकतान्त्रिक गठबन्धन अन्तरगत नेपाली कांग्रेसका शालिकराम पन्थीलाई चार हजार चार सय ९२ मत अन्तरले पराजित गरेका छन् ।गठबन्धनको तर्फबाट एमालेका केसीले १६ हजार एक सय ६५ र पन्थीले ११ हजार छ सय ७३ मत प्राप्त गरेका छन् ।  यता प्रदेश सभा  (२) प्रदेशसभा सदस्यका बामगठबन्धका उम्मेदवार माओवादीका केन्द्रका दिनेश पन्थी विजयी भएका छन् । पन्थीका निकटतम प्रतिस्पर्धी कांग्रेसका छन्द बहादुर पहराई मगरले ९५६४ मत लिएर पराजित भएका छन् । पन्थी १७६०१ मत लिएर विजयी भएका हुन् ।  जसमा मतको अन्तर ८ हजार ३६ मत अन्तरले पन्थी बिजयी भएका हुन् ।

 

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव