प्रकाश दाहालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेताहरु अस्पतालमा

काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रकाशको निधनप्रति श्रद्धाञ्जली दिएका हुन् ।

उनले पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको भन्दै मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

त्यस्तै प्रकाशलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेताहरु नर्भिक अस्पताल पुगिरहेका छन् । अस्पताल परिसरमा शुभेच्छुकहरुको उस्तै भीड लागेको छ ।

यसैक्रममा माओवादी नेता गिरिराजमणि पोखरेल, रामबहादुर थापा बादल, पम्फा भुसाल, जनार्दन शर्मा, एमाले नेता झलनाथ खनाल, ईश्वर पोखरेल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतका नेता नर्भिक पुगेका छन् ।

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको