डोजरले पल्टाएको ढुङ्गाले लागेर एक जनाको मृत्यु

 

गुल्मी कार्तिक २८ ––
गुल्मीमा डोजरले पल्टाएको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । मंगलवार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय रामबहादुर दर्लामीको माथी भाडागाउँको मोटरबाटो खन्न चलि रहेको  डोजरले पल्टाएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।
       जिल्लामा १ महिनाको अन्तरालमा तिनवटा दुर्घटना भएका छन् । अर्खले नजिकै रैँदी भन्ने स्थानमा पनि माथि केकुलेको मोटरबाटो खनेको स्थान माथीबाट खसेको ढुंगाले लागेर एकजनाको ज्यान गएको थियो । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ५ मा बाटो खन्ने क्रममा डोजरले पल्टाएको ढुँगाले लागेर एक जनाको मृत्यु भएको थियो । उता जैसीथोक हाडहाडेमा पनी माथीबाट खसेको ढुंगाले लागे एक जना वृद्ध सख्त घाइते भएका थिए ।
      जिल्लामा डोजरले पल्टाएको ढुंगाले मर्ने क्रम बढन थालेसँगै प्रहरीले बिशेष निगरानी बढाइने प्रहरी उपरिक्षक द्धिबेदीले बताए । ठाउँठाउँमा दुर्घटना बढन थाल्यो उपरिक्षक द्धिबेदीले भने ‘घटना भएका स्थानको अबस्थाबारे अनुसन्धान गर्दै छौं ।’

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव