युएई विरुद्धको विश्व क्रिकेट लिगका लागि नेपाली टोलीलाई बन्द प्रशिक्षण

 काठमाडौं, कात्तिक २३ । युएई विरुद्ध अर्को महिना हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ ।

यसका लागि बुधबार नेपाली टोलीको प्रारम्भिक छनोट गरिएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले २८ खेलाडीलाई प्रशिक्षणमा डाकेको हो ।

२८ मध्ये २६ खेलाडीको नाम सार्वजनिक गरिएको छ । मलेसियामा आजबाट सुरु हुने एसीसी यूथ नाईन्टिन एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने २ खेलाडीलाई पनि प्रशिक्षणमा समावेश गरिनेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन २ मा घटुवा भइसकेको नेपाल र युएइबीच मंसिर २० र २२ गते अबुधावीको शेख जायेद मैदानमा खेल हुनेछ ।

कप्तान सन्दिपको किफायती बलिङ, सिंगापुरद्वारा ७४ रनको लक्ष्य ||

काठमाडौं ।  आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि ७४ रनको सामान्य लक्ष्य

नेपालको विजय सुरुआत, सिंगापुर ४ विकेटले पराजित ||

काठमाडौं ।  नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुआत गरेको छ । सोमबार भएको पहिलो

यु–१९ क्रिकेट : नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य

साउन ६ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको

नेपाल एसिया कपमा छानियो, मलेसिया १० विकेटले पराजित

काठमाडौं, भदौ ३१ । एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित