दुम्सी मार्न थापेको धरापमा महिला परिन्

पाल्पा, कात्तिक २० –  पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित दुम्सी मार्न थापेको धरापमा एक महिला परेकी छन् । 

मुझुङस्थित छेउखानकी २४ वर्षीया चिना बुढाथोकी धरापमा परी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले जानकारी दिनुभयो । 

चिनाको पाल्पामा उपचार हुने सम्भावना नदेखिएपछि काठमाडौँको बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको छ । 

स्थानीय बासिन्दा तुलबहादुर बुढाथोकीलाई मुझुङ प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पा पठाएको छ । घर नजिकै बारीमा दुम्सी मार्नका लागि अवैध घरेलु हतियार प्रयोग गरेको आरोपमा बुढाथोकी प्रहरी नियन्त्रण परेको जिसीले बताउनुभयो । 

भरुवा बन्दुकमा खुट्टाले टेक्दा पड्केपछि खुट्टामा छर्रा लागेको प्रहरीले बताएको छ । – रासस

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव