एक महिने कार्यतालिका बनाएर दुबै गठबन्धन प्रचारमा होमिए

पर्वत, कात्तिक १९ । पर्वतका उम्मेदवारहरु प्रचारप्रसारका लागि गाउँ केन्द्रित भएका छन् । मतदातालाई भेटेर आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै उम्मेदवारहरु गाउँ केन्द्रित अभियानमा लागेका हुन् ।

पर्वतमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच मूख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै गठबन्धनले एक महिने कार्यतालिका नै प्रकाशित गरी गाउँ अभियान चलाएका हुन् ।

बाम गठवन्धनले जिल्लाभरी पाँचवटा आमसभा र अन्य समयमा घरदैलो तथा कोणसभा र भेलालाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी लोकतान्त्रिक गठबन्धनले पनि भेला, कोणसभा र घरदैलोलाई जोड दिएको कांग्रेसका जिल्ला सचिव विश्वप्रकाश प्रसाईले जानकारी दिए ।

पर्वतमा अन्य साना दलका उम्मेदवार पनि प्रचारप्रसारमा जाने तयारीमा जुटेका छन् । सात वटा गाउँपालिकाका रहेको पर्वतबाट एक जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्य निर्वाचित हुने छन् ।

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको