आर्थिक समृद्धिको नारासहित बारामा चुनावी प्रचारमा होमिए दलहरु

बारा, कात्तिक १९ । बाराका उम्मेदवारहरुले चुनावी प्रचार सुरु गरेका छन् । विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब मुलुकलाई आर्थिक समृद्धिमा लैजाने नारासहित चुनावी अभियान थालेका हुन् ।

बाराका १६ वटै स्थानीय तहका निर्वाचित प्रतिनिधिहरुले काम शुरु गरेलगत्तै हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनले माहोल तताएको छ । उम्मेदवारहरुले क्षेत्रगत समस्या समाधानको प्रतिबद्धतासहित बहुमतको सरकार र राष्ट्रिय मुद्दा उठाउन थालेका छन् ।

अबको प्रतिबद्धता राष्ट्रिय विकास भएको बारा क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार तथा श्रम मन्त्री फरमुल्लाह मन्सुर बताउँछन् ।

बाम गठबन्धनले ३ नम्बर बाहेकका सबै क्षेत्रमा नयाँ अनुहारलाई अघि सारेको छ भने कांग्रेसले ४ वटै क्षेत्रमा पुरानै उम्मेदबार उभ्याएको छ ।

गरिबी, अशिक्षा, स्वास्थ्य, रोजगार, बिकास निर्माणमा सधैं पछाडि पर्दै आएको यो जिल्लाका मतदाता राष्ट्रिय गौरवका आयोजनाको कामलाई अगाडि बढाउने प्रतिबद्धता उम्मेदवारहरुसँग खोजिरहेका छन् ।

मतदाताको सुझाव अनुसार राजनीतिक जीवनमा प्राप्त अनुभवलाई संसदीय अभ्यासबाट देश र जनताका लागि लगाउने बाम गठबन्धनका क्षेत्र नम्बर १ का उम्मेदबार अच्युत मैनाली बताउँछन् ।

राजपाका ४ नम्बर प्रदेश ‘ख’ का उम्मेदवार जितेन्द्र सोनलले पनि मधेशका अधिकार र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताए ।

प्रतिनिधिसभाका ४ क्षेत्र रहेको बारामा कांग्रेस, एमाले, माओवादी र मधेसी दल गरी ४८ जनाले उम्मेदबारी दर्ता गराएका छन् भने केही स्वतन्त्र उम्मेदबार पनि चुनावी प्रतिस्पर्धामा छन् ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव