गुल्मीमा उम्मेदवारले सुरु गरे चुनावी अभियान

गुल्मी, कात्तिक १८ – आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मनोनयन दर्ता गरेसँग् गुल्मीमा विभिन्न पार्टीका उम्मेदवारले गाउँगाउँमा चुनावी अभियान सुरु गरेका छन् । बिहीबार मनोनयन गरे पछि शुक्रबार गाउँगाउँमा पुगेका उम्मेदवारले शनिबार बिहानैदेखि घरदैलोमा व्यस्त बन्न थालेका छन् ।

उम्मेदवारहरु गाउँगाउँमा पुग्न थालेसँगै चुनावी माहोल पनि बढेको छ । दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्र रहेको गुल्मीमा ५० जनाभन्दा बढीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

गुल्मीमा वाम गठबन्धन र कांग्रेसका उम्मेदवारका बिच मुख्य प्रतिस्पर्धा हुने भएको छ । गुल्मीमा वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा प्रदिप ज्ञवालीसँग कांग्रेसका चन्द्र भण्डारी र क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ गोकर्ण बिष्टसँग कांग्रेसका चन्द्र केसी बिच प्रतिस्पर्धा हुँदैछ । 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव