प्रधानन्यायाधीश पराजुलीले सम्हाले कार्यभार ||

पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली । तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर

२ साउन, काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदभार ग्रहण गरेका छन् । त्यसअघि उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

सपथ लगत्तै सर्वोच्च अदालत आएर पराजुलीले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा सपथ खाएर सर्वोच्च अदालत आउँदा पराजुलीलाई कर्मचारीहरुले पुष्पगुच्छासहित स्वागत गरेका थिए ।


२७ औं प्रधान्यायाधीश पराजुली आउँदो वैशाख १५ गतेसम्म पदमा रहनेछन् । ०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा उनी न्याय सेवामा प्रवेश गरेका थिए ।

यसअघि महाअभियोग लागेर प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेपछि पराजुलीले केही दिन कार्यवाहक प्रधानन्यायाधीशको रुपमा काम गरेका थिए ।

गाउँ निकाला गरिएकी गर्भवती बालिकाको विचल्ली ||

२ साउन, भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिका ५ याकुमा एक ११ वर्षिया बालिकाको छिमेकी युवकको अवैध यौन सम्बन्धबाट गर्भ बसेको छ । छिमेकी २१ वर्षीय

राजमार्गमा दुर्घटना घट्यो, मृत्यु बढ्यो ||

धादिङ – पछिल्लो वर्ष धादिङमा सवारी दुर्घटना घटेको देखिए पनि दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढेको छ ।  यस वर्ष धादिङमा ९८ वटा दुर्घटना भए । ९०

चुनावको समीक्षामा जुट्यो माओवादी, सचिवालयको विस्तारित बैठक सुरु ||

 साउन, काठमाडौं । स्थानीय तह चुनावको समीक्षा गर्दै आगामी रणनीति तयार पार्न नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय

देउवाको निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस् ||

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्नपनि लाज लाग्ने रहेको टिप्पणी गरेका छन् । उनले आवश्यक परे थप बजेट दिन