पुष्प मेलाको रौनक : नर्सरी व्यवसायबाट वार्षिक आठ लाख कमाई (फोटो फिचर)

काठमाडौं, असोज  – सृजना नर्सरीकी नेत्रकुमारी खड्काले १८ वर्षदेखि फूलसँग साइनो गाँस्दै आउनु भएको छ । उहाँलाई फूलसँग काम गर्न खुब रमाइलो लाग्छ तर नर्सरीलाई फराकिलो पार्न भने जस्तो जग्गा नहुँदा भने मन खुशी हुन सकेको छैन । उहाँलाई अहिले नर्सरी सहरकेन्द्रित भएको उहाँको गुनासो छ । ‘यी नर्सरी व्यवसायलाई गाउँगाउँमा पुर्‍याउन सके फलफूलका बिरुवा अहिले भन्दा सस्तो र सहज रुपमा ग्राहक सम्म पुर्‍याउन सकिन्थ्यो’ उहाँले भन्नुभयो । पाँच जना युवालाई रोजगार समेत दिनुभएकी खड्काले नर्सरी व्यवसायलाई व्यवस्थित गर्ने हो भने युवा पुस्तालई विदेश पलायन हुनबाट रोक्न सक्ने बताउनुभयो । उहाँले नर्सरी व्यवसायबाट नै वार्षिक झण्डै आठ लाख रुपैयाँसम्म कमाउनु हुन्छ । हरिप्रसाद ढकाल फ्लोरिकल्च नेपालले हरेक वर्ष आयोजना गर्ने पुष्प मेलामा सहभागी हुने गर्नुभएको छ । उहाँलाई फूलको हेरचाह गर्न, त्यसको स्याहासुसार गर्न खुब मन पर्छ तर पुष्प व्यवसाय प्रति सरकारले खासै कमदम चाल्न नसकेको उहाँको गुनासो छ । सुन्तला, मुन्तला, कागती, फूलहरु आफ्नो नर्सरीमा उमार्नुभएका ढकाललाई नर्सरीको काम गाह्रो लाग्छ । न त काम गर्ने कामदार सहज रुपमा पाइन्छ न त फूलमा राख्न पानी पाइन्छ । तै पनि नर्सरी व्यवसायबाट उहाँले वार्षिक सात लाख सम्म आम्दानी गर्नु हुन्छ । उहाँले आठ वर्षसम्म अरुको नर्सरीमा काम गरेपछि आफैं नर्सरी खोल्नु भएको हो । उहाँले आफ्नै नर्सरी खोलेको पनि ५ वर्ष भइरहेको छ । सीताराम लामिछाने आफैं पनि फ्लोरिकल्चर एशोसियसन नेपालमा आबद्ध हुनुहुन्छ । उहाँको द इभर ग्रिन नर्सरी छ । उहाँले झण्डै ५ रोपनी जग्गामा लगाएको बोटविरुवाले झण्डै आठ लाख जति वार्षिक आम्दनी गर्छ । काठमाडौंमा जग्गा नपाउने हुँदा भने जस्तो नर्सरी व्यवसाय गर्न नपाएको उहाँको गुनासो रहेको छ । सरकारले सहुलीयत दिए नर्सरी व्यवसायीलाई अझै बढाउन सकिने उहाँको ठम्याई छ । उहाँहरु जस्तै अहिले फ्लोरिकल्चर एशोशियसन नेपालले ललितपुरको जावालाखेलमा आयोजना गरेको पुष्प मेलामा ४४ वटा व्यवसायिक नर्सरीको स्टल राखिएको छ । प्रतियोगितात्मक प्रदर्शनी भएकोले ४ जातका गोदावरी फूलले प्रतिस्पर्धा गर्दैछन् । फ्लोरिकल्चर एशोशियसन नेपालले आयोजना गरेको यो ११ औं पुष्प मेला हो । 

                                                                                                                        उज्यालो अनलाईनबाट

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव