एक वर्षमा पाँचथरका १६ जनाको विदेशमा ज्यान गयो

असोज २५- वैदेशिक रोजगारीमा गएकामध्ये पाँचथरबाट मात्र यो वर्ष १६ जनाको ज्यान गएको छ ।  मृतकमध्ये एकजना युवती र १५ जना युवा रहेका छन् । गत आर्थिक वर्षभरिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा गएका उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार सबैभन्दा बढी १२ जनाको साउदी अरबमा ज्यान गएको छ । 
दुबईमा दुईजना, कतार र दक्षिण कोरियामा एक÷एक जनाको ज्यान गएको छ । दक्षिण कोरियामा जयकुमार राई, कतारमा राजकुमार नेम्वाङ, दुबईमा रञ्जित खपाङ्गी, राजकुमार नेपाली र साउदी अरबमा अमित राई, राजकुमार सुहाङ, लोकबहादुर तामाङ, चन्द्रबहादुर तामाङ, ललित राई, मेघराज राई, वीरबहादुर विश्वकर्मा, चन्द्रहाङ आङबो, रणबहादुर खेवा, मदनकुमारी तुम्बापो, बलबहादुर सारु मगर र सुजन राईको ज्यान गएको छ । 
मृतकमध्ये १४ जनाका परिवारलाई कम्पनीले पाउन बाँकी तलब २९ लाख ६६ हजार ५ सय २१ रुपैयाँ दिइएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो । 
जिल्लाको हिलिहाङ गाउँपालिका ७ घर भएका मृतक चन्द्रबहादुर तामाङ र सुजन राईको परिवारले भने कम्पनीले पठाएको तलब लिन बाँकी रहेको बताइएको छ । रासस

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव