म्यादी प्रहरीमा भर्ना खुल्यो,असोज ३० गतेसम्म आवेदन दिन सकिने

 असोज २४ । सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ ।मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना खोलेको हो ।

सरकारले ९८ हजार २६८ जवानका लागि भर्ना खुलाएको हो । इच्छुक र योग्यता पुगेका व्यक्तिले आजदेखि यही ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।

काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसर र ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सक्ने विभागले जनाएको छ ।

नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त र साधारण लेखपढ गर्न सक्ने १८ वर्ष पुगेको र ५४ बर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

५५ दिनका लागि नियुक्त गरिने उनीहरुले आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने व्यवस्था छ ।

22282040_1445373988914175_2500646435920288032_n                 इमेज खबरबाट

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको