कालिका युवा क्लबद्धारा कालिका मन्दिरलाई सहयोग


गुल्मी असोज १२ –
कालिका युवा क्लब रेसुङ्गा नगरपालिका वडा नं १४ रातामाटा गुल्मीको आयोजनामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नेपालीहरुको महापर्व विजयादशमी तथा शुभदिपावलीको अवशरपारेर गरिएको कार्यक्रममा उक्त स्थानमा रहेको कालिका मन्दिरको आर्थिक सहयोगर्थका लागि क्लबले गरेका कार्यक्रबाट संकलन भएको आर्थिक रकम मन्दिरलाई सहयोग गदै आइएरहेको क्लबका अध्यक्ष दुर्गा प्रसाद गौतमले जानकारी दिनुभयो । कार्यक्रमका अवशरमा विभिन्न वक्ताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
साथै उक्त अवशरमा स्थानीय कलाकारहरुद्धारा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।कालिका मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रिख बहादुर रजालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा,त्रिभुवन माध्यामिक विद्यालयका प्रधानाध्यापक तिलकराम गौतम को विशेष आतिथ्यता रहेको थियो । क्लबका अध्यक्ष दुर्गाप्रसाद गौतम को सभापतित्व तथा क्लबका महासचिव लिला ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा दजनौ स्थानीहरुको समेत सहभागीता रहेको थियो ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव