ताजा अपडेज ः सुख्खा पहिरो झरेपछि गुल्मीको तम्घास रिडि सडक खण्ड अवरुद्ध


रेडियो रेसुङ्गा
गुल्मी असोज ११
सुख्खा पहिरो झरेपछि गुल्मीको तम्घास रिडि सडक खण्ड अवरुद्ध भएको छ । रेसुङ्गा नगरपालिका वडा नं १३ स्थित भंगारीमा खसेको सुख्खा पहिरोले बाटो अवरुद्ध बनाएपछि यातयात सञ्चानमा समस्या भएको हो ।
आज बिहान देखि नै सडक सुचारु गर्न प्रयास गरिए पनि पुन ः सडक माथिबाट ठुलो ढुङ्गा सहितको पहिरो झरेपछि सञ्चालन गर्न नसकिएको प्रहरी निरिक्षक डोर बहादुर थापाले जानकारी दिनुभयो ।
साथै काठमाडौँ,बुटवल,रिडिबाट छुटेका सवारी साधनलाई रातको समयमा यात्रा नगर्न तथा यद्यपि गौडाकोटमै बासा बस्न समेत अनुरोध गरिएको थापाले जानकारी दिनुभयो ।
सडक खुल्याउन पुनः भोली बिहानबाट लोडरको प्रयोग गरी प्रयास गरिने भएकाले भोली सम्म सडक सञ्चालनमा ल्याइने समेत बताईएको छ ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव