पराल्मी बहुद्देश्यद्धारा शुभकामना आदान–प्रदान



रेडियो रेसुङ्गा
गुल्मी असोज २ ––
पराल्मी बहुद्देश्य समाज रेसुङ्गा नगरपालिका वडा नं १४ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको अवशरमा विभिन्न कामको शिलशिलामा सदरमुकाम तम्घासमा आई बसेका साविकको पराल्मी गाविसबासीहरुको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका साहायक कार्यकारी अधिकृत गोपाल पन्थीले वडादशै तथा शुभदिपावलीको अवशरमा शुभकामना दिँदै पराल्मी अहिले विधिवत रुपमा नगरपलिकामा गाभिएको भन्दै आफु बाल्यकालदेखि नै जोडिएकाले आफ्नो पराल्मीसँग निकै घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो । उहाँले एक फरक प्रसँगमा पराल्मी गाविस भर्खरै नगर वडा भएको भन्दै नगरका अन्य वडाहरुका जनताको  जीवनस्तरभन्दा  त्यहाँका जनताहरुको जीवनस्तर उकास्ने खालका विकासका कार्यक्रमहरु तर्फ ध्यान दिइएको बताउनुभयो । साथै आर्थिक,सामाजिक,विकासमा त्यहीँको आवश्यकता अनुसार विकास गर्ने प्रयास गरिरहेको पनि बताउनुभएको छ । उहाँले कृर्षि,पशु,उद्योग जस्ता कुराहरु अहिले पराल्मीमा बढी आवश्यकता रहेको बताउँदै नगरमा अहिले कार्यक्रम स्वीकृत गर्ने कार्य चलिरहेको जानकारी दिनुभयो । अहिले विकासका लागि केही चुनौतीहरु आएपनि उक्त वडाको विकासका लागि हरसम्वंतको प्रयास भइरहेको समेत बताउनुभयो । यसैपनि विकासका पुर्वाधारहरुलाई तत्काललै सम्बोधन गर्न समस्या भएपनि नगरपालिकाले सक्दो किसिमको  कार्यलाई अगाडि बढाएको बताउनुभयो ।
वडा अध्यक्ष शेर बहादुर पहराईले साविकको पराल्मी गाविसमा भौगोलीक विकटता भएकाले विकासका लागि तथा नागरीकहरुलाई सहज किसिमले सेवा प्रवाहका लागि केही समस्या भएको बताउनुभयो । उहाँले भौगोलिक विकटता भएकै कारणले गर्दा नै पारी रहेका रातामाटाका जनाहरुलाई वडा कार्यालयसम्म आउन पैदल हिड्दा २ घण्टा लाग्ने गरेको भन्दै यसका लागि पनि आफुले बिशेष पहल थालेको बताउनुभयो । उहाँले वडामा मोटरबाटो,स्वास्थ्य,शिक्षा लगायत विकासका पुर्वाधारहरुमा अझै पनि प्रशस्त पहुँच नपुगेको भन्दै आफ्नो वडाको विकासका लागि नगर कार्यपालिकामा हरवखतको प्रयासलाई अगाडि बढाएको जानकारी दिनुभयो । पहराईले विगतका वर्षहरुमा वडामा पर्ने बजेटहरु हिनाबिना भएको भन्दै त्यसको समाधानका लागि अब युवाशक्ति नै लागिनु पर्नेमा जोड दिनुभयो । उहाँले  वडामा रहेका पिछडिएका समुदायहरुको उत्थानका लागि आफूले त्यसबारेमा पनि ध्यान दिएको भन्दै समाधानका लागि विभिन्न बाटाहरु पहिल्याउँदै लैजाने बताउनुभयो ।
समाजका अध्यक्ष मुकुन्दहरी गौतमले घरदेखि अलि टाढाँ बस्दा स्वतः विविध समस्याहरु आउने भएकाले त्यस्ता समस्याहरुको समाधानका लागि तथा संस्थालाई बलियो बनाउन,एकतामा बल पु¥याउन,भोली पर्ने दुःख–सुःखमा सहकार्य गर्न एकतावद्ध  गरी छलफल तथा अन्र्तक्रियाको माध्यमद्धारा समाधान गर्न पनि यो संस्थाको आवश्यकता परेको बताउनुभयो । कार्यक्रमका सभापति समेत रहनुभएका गौतमले आर्थिक वर्ष २०७१÷७२ मा रु १४ हजार ४ सय तथा आर्थिक वर्ष २०७२÷७३ मा संकलन भएको १० हजार ६ सय मध्ये रु ७ हजार ६ सय ८५ खर्च भएको जानकारी दिनुभएको थियो । भने २०७४÷७५ का लागि सदस्यहरुबाट आर्थिक संकलन भईरहेको जानकारी दिनुभयो ।
समाजका सचिव विश्वकर्माले अझ बहुद्देश्य समाजलाई थप शशक्त बनाएर लैजानका लागि विविध विषयमा छलफल भएको भन्दै यसका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो । सोही अवशरमा संस्थाका भोलासिहं क्षेत्रीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । समाजका अध्यक्ष मुकुन्दहरी गौतमको सभापत्वि रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिकाका  साहायक अधिकृत पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । नवनिर्वाचित वडा नं १४ का वडाअध्यक्ष पहराईको बिशेष आतिथ्यता रहेको कार्यक्रममा समाजकी तेजकुमारी खत्रीको स्वागत मन्तव्य तथा सचिव झविन्द्र विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव