नेपाल एसिया कपमा छानियो, मलेसिया १० विकेटले पराजित

काठमाडौं, भदौ ३१ । एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । मलेसियामा जारी छनोट प्रतियोगितामा घरेलु टोलीलाई फराकिलो अन्तरले हराएर फाइनल पुगेसँगै नेपाल एसीसी अन्डर नाइन्टिन एसिया कपका लागि छनोट भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले प्रस्तुत गरेको १२२ रनको बिजयी लक्ष्य नेपालले २३ दशमलब ओभरमा बिना कुनै विकेटको क्षतिमा पुरा ग¥यो ।

नेपालकालागी ओपनर सन्दिप सुनार र आसिफ शेख दुबैले अर्ध सतक पुरा गरे ।

७७ बल खेलेका सन्दिपले ८ चौकाको मद्धतमा ५१ रन जोड्दा आसिफ शेखले ८ चौका र १ छक्का प्रहार गर्दै ६५ बलमा ५० रन बनाए ।

खेलमा यसअघी टस जितेर पहिले बलिङ गरेको नेपालले ४२ ओभरमा मलेसियालाई १ सय २१ रनमा अल आउट गरेको थियो ।

राम्रो सुरुवात गरेको मलेसियालाई सामान्य योगफलमा सिमित गर्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए ।

पवन सर्राफले २ तथा रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक–एक विकेट लिए ।

कप्तान सन्दिपको किफायती बलिङ, सिंगापुरद्वारा ७४ रनको लक्ष्य ||

काठमाडौं ।  आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि ७४ रनको सामान्य लक्ष्य

नेपालको विजय सुरुआत, सिंगापुर ४ विकेटले पराजित ||

काठमाडौं ।  नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुआत गरेको छ । सोमबार भएको पहिलो

यु–१९ क्रिकेट : नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य

साउन ६ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको