गाजँका प्रयोगकर्ता बढदै,गाजाँ नष्ट गदै प्रहरी

 

रेडियो रेसुङ्गा
गुल्मी भदौ २३ ––
जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी गर्ने अभियान शुरु गरेको छ । अभियानको शुरुवात सदरमुकामबाटै भएको छ । प्रहरीले बाख्रेछेडा, उदिनढुङ्गा र बसपार्क, बेदुखर्क गरेर अहिले सम्म सात क्विन्टल गाँजा नष्ट गरेको छ ।  केहि सार्वजनिक स्थल र व्यतिmले आफ्नो बारीको डिलमा हुर्काएका गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा थापाले बताए । जिल्लामा लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि अभियान संचालन गरेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुराग द्धिवेदी बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाको कमाण्डमा गएको प्रहरी टोलीले सदरमुकाम नजिकैकको बेदुखर्कमा पाँच क्विन्टल गाँजा नष्ट गरेको छ प्रहरी टोलीले अनुगमन तथा सुचना संकलन गरिरहेको छ । केहि दिन अगाडी सदरमुकामकै विभिन्न स्थानबाट दुई क्विन्टल गाँटा नष्ट गरेको थियो । मान्छेमा चेतना नभएका कारण वा कतै बुझ पचाएर गाँजा खेती फस्टाईरहेकाले बिस्तारै सवै स्थानमा सवैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरी प्रमुख द्धवेदीले बताए ‘जिल्लामा व्यावसायीक रुपमा गाँजा खेती छैन, द्धिवेदीले भने’ बिस्तारै सचेतना र कार्बाहि बढाउनुपर्छ ।’ उनले आफ्नो वरीपरी कहिँकतै व्यति वा सार्वजनिक स्थलमा गाँजा खेती गरिएको भए प्रहरीलाई तुरुन्त जानकारी दिन आग्रह गरे ।

 गाउँमा पशुचौपाय विरामी हुदा गाँजा खुवाउदा ठिक हुने भएकाले गाँजाको वोट हुर्काएको स्थानीय बताउँछन् । तर प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका वोट राख्नु र हुर्काउनु अवैध भएकाले काट्नुपर्ने बताएको छ । जिल्लामा व्यवसायीक रुपले गाँजा खेती नगरिएको भएपनि हरेक घरधुरीमा गाँजाका बोटहरु रहेको प्रहरीले जनाएको छ । ग्रामिण क्षेत्रमा स्थानीयले अचारको दाउन बनाउन, औषधी बनाउन, तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजा अर्थात भाँगोको प्रयोग गर्ने गर्दछन् ।
अहिले जिल्लामा यसका प्रयोगकर्ता बढदै जान थालेका छन् । जिल्लाका विभिन्न होटल, चोक र गल्लीहरुमा गाँजा सेवन गर्नेहरु बढ्दै गएको गुनासा आउन थालेपछि प्रहरी थप सक्रिय भएको छ । स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थी, बाटोमा हिडने सडक बालबालिका, तथा बालश्रमिकहरु पनि दुव्र्यसनीमा फस्दै गएको गुनासो वढन थाले सगै प्रहरीले निगरानी बढाएको छ ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव