आज साउने संक्रान्ति पर्व , गुल्मीको रेसुङगामा आज देखी एक महिने साउने मेला सुरु

श्रावण १ गुल्मी  ।  आज साउने संक्रान्ति पर्व । साउने संक्रान्तिदेखि सूर्य कर्कट रेखामा सर्ने भएकाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कर्कट संक्रान्तिबाट सूर्य दक्षिणायन हुने हुँदा पृथ्वीको उत्तरी गोलार्धमा हिउँदेयाम शुरु हुन्छ । अयन परिवर्तन हुने साउने संक्रान्तिका दिन घर घरमा कागती,निउवा,अम्बा,अनार,नासपाती,साउनेआरु चढाएर कण्डारक राक्षसको पूजा गर्नाले चर्मरोग नलाग्ने विश्वास छ । यसै दिन साँझ कण्डारकको पूजा गरी लुतो फाल्ने चलन छ । लुतो फाल्दा कुकुरडाइनो, कागभलायो,कुरिलो पानीसरो पुरेनी,गलेनी,लुतेलहरोलगायतका वर्षे वनस्पतिको धूप हाली लुतो लैजा भन्दै घरबाट चारैतिर अगुल्ठो फाल्ने गरिन्छ ।लुतो फालेपछि भोपिल्ट राँके लाग्छ भनेर खेतबारीमा काम नगर्ने र हल बार्ने चलन छ  । असारभरि खेती लगाउने भारी काम गरेर थाकेका किसानहरु साउने संक्रान्तिका दिन हिलो मैलो पखाली आफन्तजनलाई समेत निम्ता गरी भोज खाने गर्दछन् । यसलाई मैजारो भन्ने गरिन्छ । साउने संक्रान्तिकै दिन थारु समुदायमा गुरिया पर्व मनाइन्छ भने सुदूरपश्चिमको बैतडीमा गुजर बनारसी मेला लाग्दछ ।
              आज साउँने संक्रान्ति पर्व रेसुङ्गा धाममा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि साउने संक्रान्ति मेला लाग्दै छ । गुल्मीको धार्मिक तथा ऐतिहासिक तपोभुमी रेसुङ्गामा आज देखि एक महिने साउने मेला समेत लाग्ने गर्दछ । बिशेष गरी साउन महिनाभार रेसुङ्गामा रहेको महापोखरीमा स्नान तथा देवालयहरुमा पुजाँ आजा गर्नाले सम्पुर्ण पापहरु नष्ट हुने र पुन्य प्राप्त हुने जनविश्वास रहदँै आएको छ । भेला भर्नका लागि गुल्मी ,अर्घाखाँची,पाल्पा लगायत छिमेकी जिल्लाबाट भक्तजनहरुको उल्लेखीनीय रुपमा सहभागिता रहने गर्छ ।विगतका वर्षमा जस्तै यस वर्ष पनि रेसुङ्गा संरक्षण समितिले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरेको छ । दैनिक पाठपारायण ,श्रीमत भागवत ,कथा श्रवण ,गिता चण्डी,वेद, होम ,जबसँगै दैनिक भक्ति संगित सञ्चालन गरीने संरक्षण समितिले जानकारी दिएको छ ।
नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । साउन भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते र साउने औषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ ।