कच्ची सडकहरु अवरुद्ध हुदाँ यातयात सञ्चालनमा समस्या


रेडियो रेसुङ्गा
गुल्मी भदौ ३–
लगातारका वर्षाका कारण गुल्मीका अधिकांश कच्ची सडकहरु अवरुद्ध हुदाँ यातयात सञ्चालनमा समस्या भएको छ । गुल्मीका विभिन्न गाउँपालिका तथा नगरपालिकाभित्रका अधिकांश सडकहरु पहिरोका कारण अवरुद्ध बनेका छन् । लगातारको वर्षाका कारण भर्खर खनिएका मोटरबाटो तथा स्तर उन्नती हुँदै गरेका अधिकांश सडकहरुमा पहिरो खसेपछि यातयात सञ्चालनमा समस्या भएको हो । गुल्मीको मदाने,मालिका,इस्मा,मुसीकोट,कालीगण्डकी,सत्यवती लगायतका स्थानीय तहका विभिन्न स्थानबाट केन्द्र तथा सदरमुकाम सम्म आउने सडक अवरुद्ध हुदाँ यात्रुहरुलाई समस्या भइरहेको छ ।
कुनै पनि सरकारी कामकाजका लागि गाउँपालिकाको केन्द्र तथा सदरमुकाम सम्म पैदन हिड्नु पर्ने अवस्था सिर्जना भएपछि जनजिवन प्रभावित भएको छ । वर्षाको बहानामा यातयात सञ्चालन भएपनि साविकको भन्दा महङ्गो भाडाँ र्तिदै आएका स्थानीयहरु गाडी नै चल्न छोडे पछि झनै मर्कामा परेका हुन् । ग्रामिण क्षेत्रमा यो समयमा बिरामी र सुत्केरी बेथा लागेमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था समेत सिर्जन भएको भन्दै सर्वसाधारणहरु चिन्तित भएका छन् । लगातारको वर्षाका कारण पहिरोहरु हटाएर सडक सुचारु गर्न समेत समस्या भएको छ ।
निरन्तरको झरीले पहिरो हटाई पनि फेरी पुन पहिरो झर्ने तथा भर्खर खनिएको सडकमा जताततै हिलाम्य भएको कारणले पनि आवगमनमा समस्या देखिएको छ । कतिपय सडकहरुमा सवारी मात्र होइन मानिसलाई पैदल हिड्न समेत समस्या देखिएको छ ।गुल्मीको सदरमुकाम तम्घास देखि नेटा हुँदै अर्घाखाँची जोड्ने मोटरबाटोको अवस्था दहनिय रहेको छ । जुन सडकमा पैदल यात्रीलाई समेत निकै कष्टपुर्ण तरिकाबाट यात्रा गर्नुपर्ने बाँध्यता छ ।स्तरोन्नती हुँदै गरेको बाटोमा निर्माण पक्षले व्यवस्थित किसिमले काम नर्गदा बाटोको हरेक ठाउँमा हिलो भएर पैदल यात्रुलाई समेत हिड्न ग्रारो भएको गुनासोँ गरेका छन् । गुल्मीका अधिकांश सडकको अवस्था पनि यस्तै रहेको छ ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव