Online :

Next : suchana

समाचार

गुल्मीमा निर्वाचन शिक्षा कार्यकर्ताले भने “बिहान ७ बजे नै पुग्नु”

गुल्मी जेष्ठ ९ दोस्रो चरणको निर्वाचनको मिति नजिकिदैँ जाँदा गुल्मीमा पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । मतदाताशिक्षा स्वय्म सेवक तथा निर्वाचन शिक्षा कार्यकर्ताहरु मतदाताको घरदैलोमा पुगी विभिन्न जानकारी गराई रहेका छन् । जेष्ठ ३१  गते हुने दोश्रो चरणमा हुन गइरहेको स्थानीय तहकोे निर्वाचनमा राम्रो व्यक्तिलाई जिताउनका लागि सचेतना दिँदै मतपत्रमा मतदान गर्ने तरिका र मतपत्र पट्टाउने सामान्य जानकारी समेत गराएका छन् । मतदाताहरुलाई फोटो समितिको मतदाता परिचय पत्र लिई तोकिएको मतदान स्थलमा विहान ७ बजे नै यपस्थित हुन आग्रह गरेका छन् । साथै निर्वाचन शिक्षा कार्यर्ता तथा मतदाता शिक्षा स्वय्म सेवकहरुले मतदान सम्बन्धी विभिन्न जानकारी गराउँदै हिडेका बताईएको छ । गुल्मीमा २ वटा नगरपालीका र १० वटा गाउँपालिका रहेका छन् । भने जिल्लाभर २ सय ४६ मतदान केन्द्र रहेका छन् । साथै सबै केन्द्रहरुमा मतदाता शिक्षा स्व्म सेवक र निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरिएको जिल्ला निर्वाचन कार्यलयका अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिनुभएको छ । साथै नजिकिदै गरेको निर्वाचनमा मतदातालाई कुनै प्रलोभनमा नपारी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गराउन समेत सबैमा आग्रह गरीएको सहकर्मी राजेन्द्र पन्थीले खबर पठाउनुभएको छ ।

  • घुम ओढेर भोट हाल्नुस “ सांसद गोकर्ण विष्ट”

    गुल्मी असार ७ नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी

  • एक दिनको काम लागि सदरमुकाममै धेरै दिन बिताउँछन् गुल्मेली

    गुल्मी असार ७ चुनावी चहलपहल बढेसँगै ग्रामिण भेगहरुमा यात्रुहरुलाईसदरमुकाम तम्घास आवतजावत गर्न निकै सास्ती परेको छ । सदरमुकाम तम्घास भएर ग्रामिण भेगमा छुट्ने सवारी साधनहरु नपाउँदा यात्रुहरुलाई समस्या भएको हो

रेडियो प्रोस्तोता

More

फेसबूक