Online :

Next : suchana

समाचार

पाकिस्तानसँग कस्तो रह्यो नेपालको ब्याटिङ ?

चैत १४ – एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानको नेपालले २३ वर्ष मुनिको टिमसँग सम्मानजनक स्कोर बनाएको छ । नेपालको ब्याटिङ सोमबार खासै धर्मराएको देखिएन ।

पाँचाैं ओभरदेखि नै विकेट गुमाउन थालेपनि नेपालका ब्याट्स्म्यानले धैयर्ता गुमाएनन् । ठुला सट हान्न र तीव्र गतिमा रन बटुल्न नसकेपनि नेपाली ब्याट्स्मयनले ट्वाक्कटुक्क रन जोडिरहे । दुईजना खेलाडी डक आउट र दुईजनाले सिंगल रन मात्र जोडेपनि बाँकी सबै खेलाडीले दोहोरो अंक छोए । 

सुनिलको सुझबुझपूर्ण इनिङ

राष्ट्रिय टिमबाट समेत खेलिसकेका खेलाडी रहेको पाकिस्तानले टस जितेर फिल्डिङ रोज्यो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला ओपनिङमा आए । सुनिल र आसिफ खेश ओपनर जोडीका रुपमा आउलान कि भन्ने ठानिएका बेला कप्तान ज्ञानेन्द्र र प्रशिक्षक जगत टमाटाले दुवै नयाँ ब्याट्स्म्यानलाई ओपनिङको जिम्मेवारी दिने जोखिम मोल्न चाहेनन् । कप्तान ज्ञानेन्द्रले सोमबार परिपक्व इनिङ भने खेल्न सकेनन् ।

तर आइसिसी विश्व क्रिकेट लिग च्याम्पियन्समा केन्याविरुद्धका दुवै खेलमा राम्रो खेल्न नसकेका सुनिलले सबैैभन्दा धेरै रन बनाए । सुझबुझपूर्ण इनिङ खेल्ने क्रममा उनी अर्धशतक बनाउन ३ रनले चुके । अर्कोपट्टिका ब्याट्स्म्यान धमाधम आउट भइरहेका बेलापनि सुनिल अतालिएनन् र क्रिजको एकातर्फ डटेर पाकिस्तानी बलरलाई चुनौती दिइरहे । उनी ३८ औ ओभरसम्म क्रिजमा रहे । 

स्कोरबोर्डमा नेपालको १४ रन बनाएको अवस्थामा पाँचौं ओभरको अन्तिम बलमा ज्ञानेन्द्र २ रनमा आउट भए । त्यसको १० बलपछि सागर पुन पनि चार रनमा पेविलियन फर्किए ।

चौथो नम्बरमा ब्याटिङका लागि आएका दिपेन्द्रसिंह ऐरीसँग मिलेर सुनिलले २२ रनको साझेदारी गरे । टिमले ४१ रन बनाएको अवस्थामा दिपेन्द्र पनि १७ रन बनाउँदै आउट भएपछि उनले शरद भेषावकरसँग चौथो विकेटका लागि ७९ रनको साझेदारी गरे । १ सय २५ बल सामना गरेका सुनिलले ९६ डट बल खेले । उनले ४ चौका प्रहार गरे । 

शरद र विनोदले दिए राहत 

पाँचौ नम्बरमा ब्याटिङका लागि आएका शरद भेषावकरले ३८ रन बनाए । ५९ बलमध्ये २८ बल डट खेलेका शरदले एक चौका मात्र हानेपनि सिंगल रन लिइरहे । सिंगल रनबाट उनले २८ रन बटुले । चालिसौ ओभरको पहिलो बलमा उनी आउट भए ।

नेपालको इनिङ उकास्न विनोद भण्डारीको पनि महत्वपूर्ण योगदान रह्यो । ठुला सट र आक्रामक क्रिकेट खेल्ने विकेटकिपर विनोदले ३२ बलमा २४ रन बनाए । ३२ मध्ये २० बल डट खेलेका विनोदले २ चौका र एक छक्का हिर्काए ।

४७ औं ओभरको तेश्रो बलमा उनले हानेको त्यहि एक छक्काले नेपालको सिंगो इनिङमा छक्का ‘निल’ हुनबाट बचायो । विनोद भण्डारी आउट हुँदा नेपाल ४८ औ ओभरमा १ सय ७१ रन बनाएको अवस्थामा थियो । 

अलराउण्डर आरिफ शेखले पनि नटआउट १८ रनको योगदान गरे । ३० बल खेलेका आरिफको इनिङमा एक चौका सामेल थियो । सुसन भारीले ३ रनको योगदान गरे भने सन्दिप लामिछानेले खाता खोल्न सकेनन् । 

मेहबुब फेरि ब्याटिङमा फेल 

नेपालका साहिद अफ्रिदी भनिने मेहबुब आलमले भने रनको खाता खोल्न सकेनन् । उनी पहिलो बलमै डक आउट हुँदा नेपाल ३४ ओभर ५ बलमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको अवस्थामा थियो ।

नेपालले इनिङका अन्तिम दुइ बलमा सुशन भारी र सन्दिप लामिछानेलाई गुमायो । पाकिस्तानका घुलाम मुदास्सरले ५ विकेट लिए । ज्ञानेन्द्र मल्लको विकेट लिँदै पाकिस्तानका लागि विकेटको खाता खोलेका मुदास्सरले अन्तिम बलमा सन्दिप लामिछानेलाई आउट गर्दै खाता बन्द गरे । 

  • घुम ओढेर भोट हाल्नुस “ सांसद गोकर्ण विष्ट”

    गुल्मी असार ७ नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी

  • एक दिनको काम लागि सदरमुकाममै धेरै दिन बिताउँछन् गुल्मेली

    गुल्मी असार ७ चुनावी चहलपहल बढेसँगै ग्रामिण भेगहरुमा यात्रुहरुलाईसदरमुकाम तम्घास आवतजावत गर्न निकै सास्ती परेको छ । सदरमुकाम तम्घास भएर ग्रामिण भेगमा छुट्ने सवारी साधनहरु नपाउँदा यात्रुहरुलाई समस्या भएको हो

रेडियो प्रोस्तोता

More

फेसबूक