Online :

Next : suchana

समाचार

गुल्मीमा दलहरु मनोनयन दर्ता पछि घरदैलोमा व्यस्त


गुल्मी असार ५ दलहरुले मनोनयन दर्तापछि आफ्नो चुनावी चहलपहललाई तिव्रता दिइरहेका छन् । गुल्मी जिल्लाको उत्तर पश्चिम भुभागमा रहेको सदरमुकाम तम्घास देखि करिब ३८ किलोमिटर उत्तर पश्चिममा अवस्थित मालिका गाउँपालिकामा पनि यतिबेला चुनावी चहलपहल बढिरहेको छ ।

१४ हजार १ सय ६४ मतदाता संङख्या रहेको उक्त गाउँपालिकामा ८ वडा भित्र १९ मतदान केन्द्र रहेका छन् । भौगालीक तथा सुरक्षाको दष्ट्रिमा संवेदनशिल मानिएको उक्त गाउँपालिकामा नेकपा एमाले ,नेपाली कंग्रेस,माओवादी केन्द्र,नेकपा माले,राप्रपा तथा नयाशक्ति पार्टीको उम्मेद्धवारी रहेको छ । संवेदनशिल क्षेत्र मानिएता पनि त्यस क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाइएको शशस्त्र प्रहरी निरिक्षक सुरज रानाभाटले बताउनुभयो ।

मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज दाबी विरोध गर्ने दिन भएता पनि कुनै पनि दाबि बिरोधका उजुरी नपरेका मालिका गाउँपालिकाका निर्वाचन अधिकृत भुमीराज भुषालले जानकारी दिनुभयो । मनोनय दर्ता पछि चुनाव चिन्ह पाएका विभिन्न दलका नेता तथा कार्यकर्ताहरु आ–आफ्नो दलको चुनाव चिन्ह तथा प्रतिवद्धता पत्र बोकेर घरदैलो अभियानमा जुटेका छन्

।मानोरोपी मुरी उब्जाउने यो असारको समयमा कृषकहरु खेतबारीमै व्यस्त भएकाले राजनैतिक दलका नेताहरुलाई मतादाताहरुलाई घरमै भेटाउन गाह्रो देखिएको सहकर्मी राजेन्द्र पन्थीले जानकारी दिनुभयो ।
 

  • घुम ओढेर भोट हाल्नुस “ सांसद गोकर्ण विष्ट”

    गुल्मी असार ७ नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी

  • एक दिनको काम लागि सदरमुकाममै धेरै दिन बिताउँछन् गुल्मेली

    गुल्मी असार ७ चुनावी चहलपहल बढेसँगै ग्रामिण भेगहरुमा यात्रुहरुलाईसदरमुकाम तम्घास आवतजावत गर्न निकै सास्ती परेको छ । सदरमुकाम तम्घास भएर ग्रामिण भेगमा छुट्ने सवारी साधनहरु नपाउँदा यात्रुहरुलाई समस्या भएको हो

रेडियो प्रोस्तोता

More

फेसबूक