Online :

Next : suchana

समाचार

सरकारसँगको सहमतिमै राजपाले स्वतन्त्र उम्मेदवारी दिएको खुलासा


बुटवल, असार ५ । स्थानीय तहको निर्वाचनको विषयमा सोमबार बुटवलमा सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृहमन्त्री जर्नादन शर्माको उपस्थितिमा रुपन्देहीसहित ६ जिल्लाका प्रमुखहरुको बैठक गरिएको हो । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधीरकुमार शाह, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीलगायतको सहभागिता रहेको थियो । बैठकपछि गृहमन्त्री शर्माले आइतबार मनोनयनकाक्रममा कपिलवस्तुमा भएको घटनाको सूक्ष्मरुपमा अनुसन्धान भइरहेको भन्दै त्यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई चुस्त राखिने बताए ।

फरक प्रसंगमा उनले प्रदेश नम्बर–२ को निर्वाचन सारिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अरु प्रदेशमा स्वतन्त्ररुपमा मनोनयन दर्ता गर्ने सहमति भएको बताए ।प्रधानमन्त्री शेरबहादुर देउवासँगको सहमतिकै आधारमा राजपाले निर्वाचनमा मनोनयन दर्ता गराएको उनले स्पस्ट पारे ।सुरक्षा बैठकमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाची र पाल्पाका प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्र प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।

  • घुम ओढेर भोट हाल्नुस “ सांसद गोकर्ण विष्ट”

    गुल्मी असार ७ नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी

  • एक दिनको काम लागि सदरमुकाममै धेरै दिन बिताउँछन् गुल्मेली

    गुल्मी असार ७ चुनावी चहलपहल बढेसँगै ग्रामिण भेगहरुमा यात्रुहरुलाईसदरमुकाम तम्घास आवतजावत गर्न निकै सास्ती परेको छ । सदरमुकाम तम्घास भएर ग्रामिण भेगमा छुट्ने सवारी साधनहरु नपाउँदा यात्रुहरुलाई समस्या भएको हो

रेडियो प्रोस्तोता

More

फेसबूक