Online :

Next : suchana

समाचार

बिचार र विकासले चुनाव जितौ नेता बिष्ट


गुल्मी, ५ असार  नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले चुनाव जित्न बिचार र विकास चाहिने बताएका छन् । अरु बेला कानमा तेल हालेर बस्ने तर चुनावका बेला जित्न अनेक हत्कण्डा अपनाउने प्रतिपक्षहरुलाई बिचारले मतदाता रिझाएर विकास गरेर देखाउन बिष्टले चुनौति दिए । चुनावी अभियानका लागि जिल्ला आएका उनले अम्मरपुरको चुनावी सभालाई संबोधन गर्दै प्रतिपक्षलाई मतदाता धम्काउने र प्रलोभन देखाउने काम बन्द गर्न आग्रह गरे ।

‘पार्टी गुण्डागर्दीले नभएर बिचारले चल्छ,’उनले भने,‘ एमाले स्वच्छ प्रतिस्प्रर्धा गर्न चाहेको छ ।’ उनले देश अब निर्वाचनमय बनेकाले उत्साहका साथ मतदानको दिन कुर्नुको विकल्प नरहेको बताए । ‘अब कुनै तागतले पनि निर्वाचनलाई रोक्न सक्तैन्,’ उनले भने,‘नेताहरु र कार्यक्रर्ता दुवै चुनाव सफल बनाउन जुट्नुपर्ने छ ।’
आफुको लामो समयको मेहेनत र गुल्मेली जनताको साथले थुप्रै विकास निर्माणका काम भैरहेकाले अत्तालिएर अरु पार्टी अफावामै सिमित भएको बिष्टले प्रतिक्रिया दिए । उनले सरकार र सत्तापक्षले आफुलाई पायक पर्ने स्थानमा गरेका चुनावमा पनि एमाले पहिलो पार्टी भएकाले अबका जीत अझ सजिला भएको बताए । तालमेलले पार्टी सकिएको जानेर पनि एमालेको जनलहर बिरुद्ध प्रतिपक्षहरुले गुटबन्धि गरिरहेको प्रसंगलाई कोट्याउँदै बिष्टले जति पार्टी मिले पनि एमाले नडराउने बताए ।

‘जो जससंग मिलेपनि डराउने होइन, चुनाव हो डटेर सामाना गरौ,’ उनले भने,‘ बरु उनीहरुको गलत हतकण्डाबाट मत सुरक्षित गरौ ।’ पुर्व मन्त्री समेत रहेका बिष्ट स्थानीय चुनावलाई मध्येनजर गर्दै करिव दुई साताको लागि जिल्ला आएका छन् । उनले जिल्लाका विभिन्न नगर तथा गाउँपालिका र वडाहरुका कार्यक्रमलाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।
 

  • घुम ओढेर भोट हाल्नुस “ सांसद गोकर्ण विष्ट”

    गुल्मी असार ७ नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी

  • एक दिनको काम लागि सदरमुकाममै धेरै दिन बिताउँछन् गुल्मेली

    गुल्मी असार ७ चुनावी चहलपहल बढेसँगै ग्रामिण भेगहरुमा यात्रुहरुलाईसदरमुकाम तम्घास आवतजावत गर्न निकै सास्ती परेको छ । सदरमुकाम तम्घास भएर ग्रामिण भेगमा छुट्ने सवारी साधनहरु नपाउँदा यात्रुहरुलाई समस्या भएको हो

रेडियो प्रोस्तोता

More

फेसबूक