Online :

Next : suchana

समाचार

अर्लाङकोट सेवा समाज जापानद्धारा गुल्मीको अर्लाङकोटबासीलाई एम्बुलेन्स हस्तान्त्रण,हास्यँकलाकार बल्छी धु्रवे समेत आए

hamro

गुल्मी असार ४ अर्लाङकोट सेवा समाज जापानले मुसीकोट नगरपालिका वाड नं ९ अर्लाङकोटलाई एम्बुलेन्स हस्तान्त्रण गरेको छ । जिल्लास्थित साविकको अर्लाङकोट वामी तथा बाग्लुङ्गको रिघा,मल्म,काडेँबास गल्कोट जन्मघर भई हाल रोजगारीको शिलशिलामा जापान,अमेरीका,कोरीया,लन्डनमा रहनुभएका प्रवासीहरुको आर्थिक सहयोगमा अर्लाङकोट सेवा जापानद्धारा एक औपचारीक कार्यक्रम गदै अर्लाङकोट वासीलाई एम्बुलेन्स हस्तान्त्रण गरिएको हो ।  एम्बुलेन्स हस्तान्त्रण कार्यक्रममा अर्लाङकोट सेवा समाज जापानका संस्थापक संरक्षक डिलाराम खरेलको प्रमुख आतिथ्यता रहेको थियो । सेवा समाजका,वुद्धिप्रसाद सापकोटा,सचिव गोपाल सापकोटा,कोषाध्यक्ष भुवन सापकोटा र मुसीकोट नगरपालिकाका विभिन्न पार्टीका मेयर तथा उपमेयरका उम्मेद्धवारहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको बिशेष आतिथ्यता तथा शुभकामना मन्त्व्य रहेको थियो । एम्बुलेन्स हस्तान्त्रण कार्यक्रममा एम्बुलेन्स खरिदका लागि सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो । भने राष्ट्रिय चर्चित लोदोहोरी गायक विष्णु खत्रि,प्रकाश कटुवाल,हास्यकलाकार मारिचमान श्रेष्ठ,(बल्छी धु्रवे)गोविन्द बिशी,शिव कंडेलको विशेष सांस्कृतिक प्रस्तुति रहेको थियो । अर्लाङकोट सेवा समाज अध्यक्ष टिकाराम खरेलको सभापतित्व रहेको कार्यक्रममा उपाध्यक्ष अर्जुन केसीको स्वागत मन्त्व्य रहेको कार्यक्रमको सञ्चालन दुर्गादत्त सापकोटा,कालिदास खरेल,बुद्धिमणि खरेल र भुमा गुरुङले गर्नुभएको थियो ।

  • घुम ओढेर भोट हाल्नुस “ सांसद गोकर्ण विष्ट”

    गुल्मी असार ७ नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी

  • एक दिनको काम लागि सदरमुकाममै धेरै दिन बिताउँछन् गुल्मेली

    गुल्मी असार ७ चुनावी चहलपहल बढेसँगै ग्रामिण भेगहरुमा यात्रुहरुलाईसदरमुकाम तम्घास आवतजावत गर्न निकै सास्ती परेको छ । सदरमुकाम तम्घास भएर ग्रामिण भेगमा छुट्ने सवारी साधनहरु नपाउँदा यात्रुहरुलाई समस्या भएको हो

रेडियो प्रोस्तोता

More

फेसबूक