Online :

Next : suchana

समाचार

प्रदेश नम्बर–२ मा असोज २ गते निर्वाचन गर्ने सरकारको निर्णय

hamro

 काठमाडौं, असार १  सरकारले प्रदेश नम्बर–२ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तेस्रो चरणमा तोक्ने निर्णय गरेको छ ।


सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आग्रहअनुसार प्रदेश नम्बर–२ मा स्थानीय तहको निर्वाचन असोजमा तोक्ने निर्णय गरेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए ।

बैठकले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता यही असार २ गतेको सट्टा असार ४ गते सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणको निर्वाचनमा राजपाको सहभागिताका लागि उम्मेदवार मनोनयनको मिति दुई दिन पछाडि सारेको जनाइएको छ ।

प्रदेश नम्बर–१, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले बिहीबारै प्रदेश नम्बर–२ को निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका थिए ।

प्रदेश नम्बर–३, ४ र ६ मा स्थानीय तहको निर्वाचन पहिलो चरणमा गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ ।

  • घुम ओढेर भोट हाल्नुस “ सांसद गोकर्ण विष्ट”

    गुल्मी असार ७ नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले १४ असारमा पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले १४ असार मध्ये बर्खा भएकाले धेरै किसान मतदानमा सहभागी

  • एक दिनको काम लागि सदरमुकाममै धेरै दिन बिताउँछन् गुल्मेली

    गुल्मी असार ७ चुनावी चहलपहल बढेसँगै ग्रामिण भेगहरुमा यात्रुहरुलाईसदरमुकाम तम्घास आवतजावत गर्न निकै सास्ती परेको छ । सदरमुकाम तम्घास भएर ग्रामिण भेगमा छुट्ने सवारी साधनहरु नपाउँदा यात्रुहरुलाई समस्या भएको हो

रेडियो प्रोस्तोता

More

फेसबूक